ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
ललितपुर, १५ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बोङ्गा– खोनाका जनतासँगको अनौपचारिक भेटघाटमा देशको सन्तुलित विकासको लागि काठमाडौं उपत्यका र केही मुख्य सहरमा जनसङ्ख्याकेन्द्रित गर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूको बोङ्गा र खोना दु्रतमार्ग पीडित स्थानीय जनतासँग भेटघाट गर्ने क्रममा बिहीबार सांसद सुवालले निजगढ–काठमाडौंजस्ता खर्ब रूपैयाँभन्दा बढी लागतको द्रुतमार्गको आवश्यकता काठमाडौं उपत्यकामा जनसङ्ख्याकेन्द्रित गरिएकै कारण भएको उल्लेख गर्नुभयो ।
उहाँले बोङ्गा र खोनाजस्ता ऐतिहासिक बस्ती देशकै सम्पदा एवं धरोहर विनाश हुने गरी द्रुतमार्ग वा अन्य पूर्वाधार निर्माण गर्न नहुने बताउनुभयो ।
द्रुतमार्ग पीडित अधिकांश जनताले आफ्नो गाँस–बास नै गुम्ने हुँदा बोङ्गा र खोनासम्म द्रुतमार्ग जोड्न नहुने दुखेसो पोखे भने केहीले सो क्षेत्रमा जग्गाको मूल्य प्रति आना रू. २५ लाखमा खरिद–बिक्री भइरहेको तर सरकारले अधिग्रहणको मूल्य रू. एक लाखदेखि डेढ लाखसम्म निर्धारण गरिएको भनी वेदना पोखेका थिए ।
नेपाल सरकारले द्रुतमार्गको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाले विभिन्न ठेकेदारमार्फत दु्रतमार्ग निर्माण गर्न दस ठाउँबाट काम गरेको र ३० प्रतिशत काम सम्पन्न गरेको खबर छ । द्रुतमार्गको ठेकेदारमध्येमा नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलूङ्ग कन्स्ट्रक्सन र नेका सांसद जीपछिरिङ लामाको लामा कन्स्ट्रक्सन पनि रहेको खबरमा उल्लेख छ । सरकारमा गएका नेताहरूले अर्को चुनावको लागि ठेकेदारहरूमार्फत मोटो रकम जम्मा गर्न नै जनताको विरोध भए पनि द्रुतमार्ग अगाडि बढाएको जनगुनासो छ ।
Leave a Reply