“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
भक्तपुर, १५ कार्तिक । भक्तपुर नगरपालिकाले आइतबारबाट सुरू गरेको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार विभिन्न खेलकुद प्रतियोगिता भए ।
कबड्डी
भक्तपुर, १५ कार्तिक । छात्र–छात्रा कबड्डी खेल बिहीबार एक कार्यक्रमबीच भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । उक्त खेलमा छात्रतर्फ ज्ञानताराले प्रभातलाई, वागीश्वरीले साइनिङ्ग स्टुडेण्टलाई, पारागनले महेन्द्र विद्याश्रमलाई, ख्वप्रिङ्गले ज्ञानतारालाई, रोम्बसले मिनर्वालाई, ख्वप्रिङ्गले प्रभातलार्ईले पराजित गरेका छन् ।
छात्रातर्फ ख्वप्रिङ्गले पारागनलाई, साइनिङ स्टुडेण्टलाई, वागीश्वरीले ज्ञानतारालाई, रोम्बसले पारागनलाई, प्रभातले ज्ञानतारालाई, वागीश्वरीले साइनिङ स्टुडेण्टलाई पराजित गरेका छन् ।
कराते
यसैबीच कराते प्रतियोगिताअन्तर्गत विभिन्न विधामा भएका खेलहरू बिहीबार सम्पन्न भयो । छात्रा एकल काटातर्फ रूक्साना दुवाल (ख्वप मावि) पहिलो , अञ्जु भुजेज (वागीश्वरी) दोस्रो र सोनु लामा (डेमोस) तेस्रो भइन् ।
छात्र एकल काटातर्फ प्रज्ज्वल तामाङ (विद्यार्थी निकेतन) पहिलो, मदनकुमार थापा (वागीश्वरी) दोस्रो र सुवास परियार (मनकामना) तथा देवराज पाण्डे (महेन्द्र विद्याश्रम) संयुक्त रूपमा तेस्रो भए ।
२० केजी छात्रतर्फ सुजल कोण्डा (रोम्बस) पहिलो, आयुश लामा (सेक्रेटहर्ट) दोस्रो र सुमन तामाङ
(समत्ता निकेतन) तथा सविन तामाङ (पारागन) संयुक्त रूपमा तेस्रो भए ।
२५ केजी छात्रतर्फ विमलकुमार थापा (वागीश्वरी) पहिलो, विकास लामा (वागीश्वरी) दोस्रो र चिरञ्जीवी चन्द (प्रभात) तथा लक्की सुवाल (क्रियटिभ) संयुक्तरूपमा तेस्रो भए ।
३० केजी छात्रतर्फ सुवास परियार (मनकामना) पहिलो, विशाल तामाङ (सेक्रेटहर्ट) दोस्रो) र लाक्पा लामा (डेमोस) तथा अभिषेक लामा
(सेक्रेटहर्ट) संयुक्तरूपमा तृतीय भए ।
३५ केजी छात्रतर्फ मनोज लामा (पद्म) पहिलो, प्रज्ज्वल तामाङ
(विद्यार्थी निकेतन) दोस्रो र अभेष तामाङ (वासु) तथा विशाल मल्ल (प्रभात) संयुक्तरूपमा तेस्रो भए ।
४० केजी छात्रतर्फ सुकृष दुवाल (प्रभात) पहिलो, दिलिप बडुवाल (वागीश्वरी) दोस्रो र रेमण शिल्पकार (सेक्रटहर्ट) तथा सुवास तामाङ (डेमोस) संयुक्तरूपमा तेस्रो भए ।
४५ केजी छात्रतर्फ अजय मोक्तान (वागीश्वरी) पहिलो, मदनकुमार थापा (वागीश्वरी) दोस्रो र निरोज कुमाल (समता) तथा राम श्रेष्ठ (मिनर्वा) संयुक्तरूपमा तेस्रो भए ।
५० केजी छात्रतर्फ एरिस शर्मा (माउण्टभ्याली) प्रथम, दिनेश लामा (समता) दोस्रो र सुजिन तामाङ
(डेमोस) तथा दिलिप खत्री (वागीश्वरी) संयुक्तरूपमा तेस्रो भए ।
तेक्वान्दो
खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारबाट तेक्वान्दो प्रतियोगिता सुरू भयो । प्रतियोगिताको उद्घाटन भक्तपुर नपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले गर्नुभयो । उद्घाटन कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, तेक्वान्दो सङ्घका सल्लाहकार नरेन्द्र थापा, बलराम न्हिसुतूलगायतले बोल्नुभएको थियो ।
बिहीबार भएको खेलअन्तर्गत ५५ केजी पुरूषमा सुजन तामाङ
(पारागन), विशाल हाकुदुवाल
(लिटिल वल्र्ड), संजोक गुरूङ
(सैनिक) र आयुष भुजेल (लिटिल वल्र्ड) सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।
त्यस्तै ४४ केजी महिलाअन्तर्गत विनिता कार्की (पद्म), विभेच्छा श्रेष्ठ (लिटिल वल्र्ड), अमिसा कार्की (सैनिक), सोनी मोक्तान
(वागीश्वरी) सेमिफाइनल चरणमा प्रवेश गरेका छन् । २९ केजी महिला खेलअन्तर्गत सञ्जली तामाङ
(वागीश्वरी), मिकिसा श्रेष्ठ (रोम्बस) सेमिफाइनल चरण प्रवेश गरेका छन् ।
पुरूष ३३ केजीअन्तर्गत कृष्ण तुईतुई, रोशन बासी, विजय लामा, प्रशान्त श्रेष्ठ सेमिफाइनल प्रवेश गरेका छन् । ३७ केजी महिलाको खेलमा अशोक लामा (सैनिक), समन कार्की (रोम्बस), श्रीद्विप शाही
(डेमोस) र अर्बिता सितिखू सेमिफाइनल चरणमा प्रवेश गरेका छन् । सेमिफाइनलमा प्रतिमा तामाङ, सोफी कोजू, संचिता तामाङ सोफिया त्यात प्रवेश गरेका छन् । खेलमा ३१ विद्यालयका १६९ जना खेलाडी रहेकोमा महिला ३१ र पुरूष १३८ जना रहेको छ ।
फुटसल
फुटसल प्रतियोगिताको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू बिहीबार सम्पन्न भए । बिहीबार भएको क्वाटरफाइनल खेलमा बाल विकासले विद्या विकासलाई र ख्वप माविले शारदा माविलाई, सैनिकले प्रभात माविलाई र वाइजल्याण्डले मेधा माविलाई पराजित गरी सेमिफाइनल चरणमा पुग्न सफल भए ।
सेमिफाइनल खेलमा सैनिकले बाल विकासलाई र ख्वपले र वाइजल्याण्डलाई पराजित गरी फाइनलमा पुग्न सफल भए ।
फाइनल खेलमा सैनिकले ख्वप माविलाई पराजित गरी पहिलो हुन सफल भए भने ख्वप मावि दोस्रो र बाल विकास तथा वाइजल्याण्ड संयुक्तरुपमा तेस्रो भए ।
Leave a Reply