अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
– सत्यराम कासिछ्वा, भक्तपुर
खेल मनोरञ्जनको पहिलो आधार हो । खेललाई बन्द कोठा र खुल्ला आकासमा खेल्न सकिन्छ । हरेक खेलले व्यक्तिलाई मूलतः मानसिक विकास एवं बौद्धिक रुपले स्वस्थ बनाउने गर्दछ । खेलको विकास क्रमले खेलमा अनेकौं प्रविधि तथा प्रयोगले परिमार्जन हुँदै जान्छ ।
बहुआयामिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता भएको देश नेपालमा भएका विभिन्न खेलहरूको प्राचिनता र ऐतिहासिक परिमार्जन भएर नयाँ तथा चल्तीका खेलहरूको विकास भएको मान्न सकिन्छ । चल्तीका खेलहरूमध्ये परम्परागत रुपमा खेल्दै आएको खेलको रुपमा भक्तपुर नगरमा मात्रै खेल्ने कसिमला पाँयलाई लिन सकिन्छ ।
कसिमला पाँय खेलको सुरुवात महाभारतकालीन तथा राजा महाराजाकालीन समयमा खेल्ने खेलको विकासक्रम र परम्पराले भएको मान्नुपर्ने देखिन्छ । साथै यही कसिमला पाँय खेलको प्रारुपले आधुनिक बुद्धिचाल र लुदो खेलको विकास भएको पुष्टि गर्न सकिन्छ ।
यस खेलका लागि आवश्यक खेल सामग्रीहरू सजिलै स्थानीय रुपमै पाउन सकिन्छ । यसको लागि नर्कट वा बेतबाँसको चार वटा कप्टेरा वा पत्री हुन्छ, जसलाई पाँय भनिन्छ भने आयताकार आकारको बोर्ड, जहाँ तीन भागको कोठामा बीच भाग फराकिलो भएको बोर्डलाई कसिमला भनिन्छ । जसमा बीच भागलाई मला भनिन्छ । यसरी खेलको समग्र रुपलाई कसिमला पाँय भनिन्छ ।
यस खेलमा आवश्यकता अनुसार बिजोर गोटी सुरक्षित राख्न मलाहरूमा लायग (भोङ्ग)÷किल्ला (गढ) को व्यवस्था गरिएको हुन्छ । एक किल्लादेखि अर्काे किल्लाको बीचमा चार लाईन वा कोठाको दूरीमा गोटीहरू सुरक्षित राख्न भोङ्गको व्यवस्था गरिन्छ । आवश्यकता अनुसार कम्तिमा तीन र बढीमा सात वटा भोङ्गको व्यवस्था गरे तापनि सामान्यतया पाँच भोङ्ग भएको कसिमला पाँय खेलमा दुई पक्षको जम्मा १७÷१७ वटा गोटीहरू हुन्छन् । जुन गोटीहरू क्रमबद्ध रुपमा लहरै राखेको हुन्छ । दुई पक्षको गोटी चिन्न सजिलो होस् भनेर फरक फरक रंग वा ढाँचाका गोटीहरू राख्ने गरिन्छ ।
साथै यस खेलमा चारवटा कम्तिमा पाँच इन्च लम्बाइ र ६ लाइन चौडाइ भएको नर्कट वा बेतबाँसको कप्टेरा चिरेर पायँचा बनाइन्छ । ती पायँचा हातले मिलाई समातेर भुइमा बजार्ने वा उफार्ने गर्दछ । यस खेलमा गोटी चाल्ने मुख्य आधार यसमा रहेका पायँ भुइमा बजार्दा वा उफार्दा आउने सङ्ख्या नै हो ।
यसरी उफार्दा कसी, द्वादी (दोक), सुदी, च्या (पि), ङा आउँछ र त्यसरी नै गोटीहरू चाल्दै खेलिन्छ ।
Leave a Reply