भर्खरै :

जर्मनीमा शरणार्थीहरु असुरक्षित

जर्मनीमा हालै सार्वजनिक एक प्रतिवेदनले सन् २०१६ मा मात्र त्यहाँका शरणार्थीहरु र शरणार्थी शिविरहरुमा ३ हजार ५ सयभन्दा बढी पटक हमला भएको सार्वजनिक गरेको छ ।
स्थानीय सञ्चारमाध्यम डुच वेलले आइतबार सार्वजनिक गरेको रिपोर्टमा त्यस्तो तथ्य सार्वजनिक भएको हो ।
जर्मनीको गृहमन्त्रालयलाई उद्र्धत गरिएको प्रतिवेदनअनुसार आप्रवासीहरुमा व्यक्तिगत रुपमा २ हजार ५ सय ४५ पटक हमला भएको थियो भने शरणार्थीहरुका घरमाथि ९सय ८८ पटक हमला भएको थियो । त्यस्तै शरणार्थी संगठन र स्वंयसेवकहरुमाथि २ सय १७ पटक हमला भएका थिए ।
हमलाका कारण ५ सय ६० जना शरणार्थीहरु घाइते भएका थिए जसमा ४३ जना बालबालिका थिए ।
यो प्रतिवेदनले जर्मनी साँच्चै शरणार्थीहरुलाई सुरक्षा दिन सक्षम छ वा छैन भन्ने विषयमा नयाँ बहसको थालनी भएको छ । शरणका लागि परेका असंख्य आवेदनका कारण जर्मनीलाई धौधौ भएको छ भने आतंकवादी घुसपैठ र सुरक्षा खतरालाई लिएर चिन्तित छ ।
जर्मनीको हाल सत्तासीन राजनीतिक नेतृत्व शरणार्थीसम्बन्धि मामिलामा निकै संवेदनशील बनेको छ । आगामी सेप्टेम्बर महिनामा हुने चुनावका कारण पनि राजनीतिक नेतृत्व यो विषयमा संवेदनशील बनेको हो ।
सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *