भर्खरै :

स्थानीय उत्पादनलाई जोड देऔं

–श्रीराम कासिछ्वा
नेपालीहरूको दोस्रो महान चाड तिहार आइसकेको छ । यतिबेला बजारमा आम उपभोक्ताको चहलपहल व्यापक हुन थालेको छ । फूलैफूल र झिलिमिली पर्वको रुपमा रहेको तिहारको आफ्नै छुट्टै सांस्कृतिक महत्व रहेको छ । यसको वैज्ञानिक तथा सामाजिक महत्वसमेत रहेको छ ।
तिहारको मुख्य आकर्षण दीपावली हो । यस दिन विशेष गरेर घरआँगन, झ्याल, पसल आदि विभिन्न ठाउँमा झिलिमिलीका साथ दीपावली गरिन्छ । यसरी दीपावलीको अवसर पारेर छिमेकी मुलुक भारत, चिनीलगायत अन्य देशबाट दीपावलीका विद्युतीय सामानले बजार लिएको छ । हाम्रै स्थानीय स्तरमा उत्पादित पाला तथा दियो भने कम प्रयोग हुँदै गइरहेको छ । विशेष गरेर प्रजापति समुदायका व्यक्तिहरूले पुख्र्याेली पेशाको रुपमा पाला बनाउन महिना दिनअगाडि नै बनाउने गरिन्छ । यसरी मेहनतका साथ पाला बनाउने कार्य अँगाल्दै आइरहे तापनि उनीहरु अपेक्षित रुपमा व्यापार हुन नसकेको बताउँछन् ।
नेपालको अर्थतन्त्र नकारात्मक रुपमा रहेको बेला यस किसिमको विद्युतीय सामग्रीको आयातले अर्थतन्त्र थप कमजोर बन्ने देखिन्छ । यस किसिमको प्रयोगले बिजुलीको महसुुल बढ्नेछ । त्यसै त स्थानीय स्तरमा रहेको पेशा सङ्कटमा परेको बेला आयातीत सामानले बजारमा महँगो सिर्जना भएको छ । पालाको प्रयोगमा वर्षैपिच्छे कमी हुन थालेको छ । हामी स्वयंले स्थानीय सामग्री प्रयोग गरेको खण्डमा राष्ट्रिय उत्पादनमा वृद्धि हुन्छ । स्थानीय सामग्री निर्यात गर्ने हो भने वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । त्यसैले यस दीपावलीमा स्थानीय सामग्रीको रुपमा रहेको पाला प्रयोग गर्नु जाती हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *