भर्खरै :

इन्जिनियर समाजबाट राजेन्द्र हाडा र सुजन माकको नेतृत्वमा उम्मेदवारी

काठमाडांै, २० कार्तिक । आगामी मंसिर २८ गते नेपाल इन्जिनियर एसोसियसनको केन्द्रीय कार्यकारिणी समिति र सबै प्रदेश केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुँदैछ ।

राजेन्द्र हाडा


निर्वाचनको लागि तोकिएको कार्यतालिकाका अनुसार मङ्गलबार विभिन्न इन्जिनियर सङ्गठनहरूले उम्मेद्वारी दर्ता गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीको पेशागत सङ्गठन इन्जिनियर समाज नेपालको तर्फबाट नेपाल इन्जिनियर एसोसियसन केन्द्रीय कार्यकारिणी समिति र प्रदेश नं ३ को प्रदेश केन्द्रीय कार्यकारिणी समितिको लागि मङ्गलबार उम्मेदवारी दर्ता गरिएको छ ।

इन्जिनियर समाज नेपालको तर्फबाट केन्द्रीय कार्यकारिणी समितिको महासचिव पदका लागि ई.राजेन्द्र हाडा, कोषाध्यक्षका लागि ई.अमोद उलक र सदस्य पदका लागि ई. दिपेन्द्रबहादुर शाही र ई. गणेशराम ध्वँजूले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै प्रदेश नं ३ को कार्यकारिणी समितिको लागि ई.सुजन माकको नेतृत्वमा १५ जनाले उम्मेदवारी दिनुभएको छ ।
इन्जिनियर समाज नेपालको प्यानलमा उपसभापतिमा ई.डा. मञ्जिप शाक्य, सचिवमा ई. सविन महर्जन, सहसचिवमा ई. सुस्मिता थापा, कोषाध्यक्षमा ई. रत्नशोभा प्रजापतिले उम्मेदवारी दिनुभएको छ ।

सुजन माक

समाजको प्यानलअन्तर्गत ई. सदाम बाला, ई. सुरेन्द्र ख्याजू, ई. पदम थापा, ई. प्रशान्त लाखेमरु, ई.मनिष बासुकला, ई.जीवन बोहजू, ई. उकेश सुलू, ई. रञ्जिम गणेश, ई.विजय जती र ई.राजाराम प्रजापतिले सदस्य पदका लागि उम्मेदवारी दिनुभएको समाजका अध्यक्ष ई. रवीन्द्र फोजूले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *