भर्खरै :

मखमली फूललाई आत्मनिर्भर बनाइनुपर्ने

–जुनेली, ताथली
मखमली फूलको माग विशेष गरी तिहारमै हुन्छ । तिहारमा पनि गोवद्र्धन पूजा र भाइटीकाका दिन मखमली फूलको प्रयोग हुन्छ । तिहारकै लागि मखमली फूलको खेती गरिएको हुन्छ । नओइलाउने मखमली फूल तिहारमा बिक्री वितरण गर्न एकमहिना अगावैदेखि माला बनाइरहेको हुन्छ । यो फूलको बिक्री तिहारको केही दिनदेखि बिक्री गरिरहेको हुन्छ । तर यसको मुख्य बिक्री लक्ष्मी पूजादेखि भाइटीकाको बिहानसम्म अधिक हुन्छ । मखमली तिहारको लागि नभई नहुने फूल भएकोले यसको खेती विस्तार भइरहेको छ । पहिले पहिले मालीहरूले गर्ने यो खेती आज अन्य पेशाका मानिसले पनि गर्न थालेका छन् । यसरी नै यो खेतीको विकास र विस्तार भएमा मखमली फूल नेपालमा आत्मनिर्भर हुनेछ ।
मखमली पुष्प खेती गरेर लाखौं आयआर्जन गरेका माली र किसानहरू छन् । एउटा साधारण परिवारले पनि सानो खेतमा मखमली खेती गरेर पचासौं हजार रकम कमाएका छन् । तिहारमा मखमली फूल वितरण गर्न भक्तपुरका मालीहरू या पुष्प व्यवसायीहरू काठमाडौं, ललितपुर र काभ्रेमा पुगेका छन् । यो वर्ष मखमली फूलको मूल्य खासै महँगो छैन । मखमली फूलको प्रतिमालाको रु. १५ देखि ४० सम्ममा बिक्री गरेको मालीहरू बताउँछन् । भारतबाट लाखौं मखमली फूल नेपाल भित्रिएकोले मखमली फूल त्यति बिक्री नभएको मालीहरूको गुनासो छ । बिक्री गर्न नसकेको कारण हजारौं मखमली फूलका मालाहरू खेर फाल्न बाध्य भएको पुष्प व्यवसायीहरू बताउँछन् । भाइटीकाको दिन बिहान मखमली फूल बेच्न नसकेर एक पुष्प व्यवसायीले कालीमाटीमा हजारौं मालाहरू फाले ।
हरेक पर्व या चाडमा चाहिने सामान भारतबाट भित्रिने भएकोले नेपाली पुष्प व्यवसायीमात्र होइन अन्य व्यवसायीहरू पनि मर्कामा परेको बताइएको छ । भक्तपुर पुष्प व्यवसायीहरूको पनि मखमली फूल सबै बिक्री नभएको गुनासो छ । त्यसो भनेर मखमली खेती छोड्नु हुँदैन । सानो खेतबाट पनि मेहनत गर्ने पुष्प व्यवसायीले हजारौं लाखौं आय आर्जन गर्न सक्छन् । यो राम्रो, सजिलो खेती हो । घरका सामान्य परिवारले पनि सजिलैसँग गर्नसक्ने यो खेती भरभर्दाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *