भर्खरै :

भारतबाट प्रताडित जनता नै भारतका अन्ध समर्थक !

भारतले नेपाली भूमि मिचेको क्षेत्र तराई हो । प्रत्येक वर्षको वर्षामा तराई या मधेसकै जग्गा डुवानमा पर्छ । भारतीय पक्षको बलमिचाइको कारण विस्थापित हुने पनि मधेसीहरू नै हुन् । सारमा मधेसी जनता भारतबाटै प्रताडित छन् । जो भारतबाट बढी प्रताडित छन् तर किन हो कुन्नि उनीहरू नै भारतका भक्त छन्, भारतीय सरकारको समर्थन गर्छन्, भारतीय सरकारको इसारामा चल्छन् । भारतबाट प्रताडित मधेसीहरू त भारतको थिचोमिचो, दबाब र अत्याचारको विरोधमा एकजुट हुनुपर्ने हो, एकजुट भएर लाग्नुपर्ने हो । यसरी भारतबाट थिचिए पनि, मिचिए पनि राजनीतिक रुपमा मधेसी दलहरू भारतको पछि किन दगुरिरहेका छन्, किन भारत सरकारको समर्थन गरिरहेका छन् ?
जुटेर डट्नुपर्ने मधेसी जनता भारतीय शासक वर्गको पछि लागेपछि देशभक्त नेपाली जनतालाई मधेसी दलबारे नसोची सुखै छैन । भारतले नेपालमा गरेको आर्थिक नाकाबन्दीमा मधेसी दल र मधेसी दलका पृष्ठपोषकहरूले भारतीय सरकारलाई साथ दिए । उनीहरूकै साथ र सहयोगमा भारतले नाकाबन्दीको दिनलाई लम्ब्यायो र राजधानीलाई हाहाकार बनाउने योजनालाई टेवा दियो । मधेसवादी दललाई त्यतिले चित्त बुझेन । उनीहरूले तराई प्रदेशका जिल्लाहरू अलग्ग गर्ने र देश टुक्राउने चेतावनीसमेत दिए । तर पनि पटक–पटक सरकारको नेतृत्व गरेका ठूलठूला दलका नेताहरू चुप रहे । नेका, एमाले र माओवादी केन्द्रका नेताहरूले देशविरोधी विचारविरुद्ध एक शब्द बोलेनन् । सरकाको समर्थन पाउने, बहुमत पु¥याउने र सरकार लम्ब्याउने नाउँमा सत्तारुढ दलका नेताहरू दुलोभित्र पसे ।
तराईको भूमि जोगाउन, भारतको थिचोमिचोविरुद्ध लड्ने स्थानीय देशभक्त मधेसी जनतालाई मधेसको प्रतिनिधित्व गर्ने, मधेसी जनताको पक्षमा राजनीति गर्ने भन्ने मधेसी दलले साथ दिएनन् । मधेसी जनतालाई परेको पीरमर्काबारे नबोल्ने मधेसी दलले उनीहरूको हितमा सङ्घर्ष गर्ला भन्ने विश्वास कसरी गर्ने ? तराईलाई अलग्ग गर्ने कुनै गन्ध नभएको भए एक मधेस एक प्रदेश नभए देश पनि रहनेछैन भनेर मधेसी नेताहरूले किन बोल्नुप¥यो ? होइन भने नेपालको तराई भूमि मिच्ने, अतिक्रमण गर्ने, भारतको हितमा संविधान बनाइएन भनेर आर्थिक नाकाबन्दी गर्ने भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोध गर्न किन पछि हट्ने ? मधेसी दलका नेताहरू राजेन्द्र महत्तो, महन्थ ठाकुर, उपेन्द्र यादव, शरदसिंह भण्डारीहरूलाई आÇनो देश बचाउन, अतिक्रमित भूमि फिर्ता लिन, देश डुवान पार्ने भारत सरकारविरुद्ध नलडी सुखै छैन ।
मधेसी दल र भारतीय पक्षका मानिसहरू नेपाल र नेपालीको विकास र प्रगति गर्न भारतले आर्थिक सहयोग गरिरहेको छ, तर पनि किन नेपालीहरू भारतको विरोध गर्छन् भन्ने प्रश्न गर्छन् । सहयोग गर्नु सकारात्मक पक्ष हो । तर त्यस्तो सहयोग नेपाली भूमि मिच्न, नेपाली भूमि डुवाएर नेपालीलाई उठिवास गर्न होइन । आर्थिक सहयोग देखाएर नेपाल र नेपालीलाई मर्का पार्ने काम गर्नु कुनै छिमेकी देशको धर्म होइन । फेरि पैसाले नै नेपाल र भारतबीच मित्रता र सम्बन्ध सुदृढ हुन्छ भन्ने कुरा होइन । अनि नेपालीहरू भारतीय शासक विरोधी किन हुँदैनन् ? नेपाली जनता भारतविरोधी हुनुमा भारतीय शासक वर्ग नै बढी दोषी देखिन्छ ? अनि नेपाल र नेपालीको स्वार्थभन्दा भारतीय शासक वर्गको हितमा असमान सन्धि गर्ने नेपाल सरकार पनि दोषी छैन भन्न सकिंदैन ।
–गौरव प्रधान

Leave a Reply

Your email address will not be published. Required fields are marked *