भर्खरै :

आत्मनिर्भरता छैन समृद्धिको गफ

– प्रकाश
दसैं र तिहारको शुभकामना दिने क्रममा राष्ट्रप्रमुख, प्रधानमन्त्रीदेखि हरेकजसो जिम्मेवार निकायका प्रमुखहरूले समृद्धि शब्द छुटाएनन् । सबैले नेपाली जनता समृद्ध होस् भनी कामना गरेको प्रचार भयो । तर, त्यस्तो कामना र प्रचार मात्रले देश र जनता समृद्ध बन्ने होइन । देश र जनता समृद्ध बन्न राज्यको सही नीति र योजना लागू हुनुपर्छ भने जनताले पनि कठोर मेहनत र परिश्रम गर्नुपर्छ ।
दसैं आयो, हामीमध्ये अधिकांशले नयाँ लुगाफाटा किन्यौं ती प्रायः नेपाल बाहिरबाट ल्याइएका थिए । केहीले मोटर र मोटरसाइकल किन्यौं सबै विदेशमा बनेका थिए । भान्सामा आवश्यक रेफ्रिजरेटर, इण्डक्सन चुलो, प्रेसर कुकर आदि जोड्यौं ती पनि विदेशकै थिए । हामीमध्ये कतिपयले काटेका च्याङ्ग्रा तिब्बतका र खसी भारतका थिए । राङ्गा पनि प्रायः भारतकै थिए । ठूलो मात्रामा फलफूल किन्यौं ती पनि चीन र भारतबाटै आयात गरिएका थिए । तिहार आयो, झिलिमिलि बत्ती बाल्यौँ – ती पनि चीन र भारतबाटै आयात गरिएका थिए । भाइ मसला खुबै खपत ग¥यौँ, प्रायः भारत, बङ्गलादेश र पाकिस्तानबाट आयातीत थिए । सयपत्रीको माला, पानको पात र मसला समेत भारतबाटै ल्याइएका थिए । यसरी हामीले समृद्धिको कामना गर्दै चाडबाड मनायौँ तर हाम्रो खरबौँ रूपैयाँ विदेश पुग्यो । हाम्रा दाजु–भाइ, दिदी–बहिनीहरूले वैदेशिक रोजगारबाट कमाएर पठाएको रकम अधिकांश स्वदेशमै उत्पादन गर्ने र नसकिने वस्तुको व्यापार घाटा अरू वस्तुको अधिक उत्पादन र निर्यातले पूर्ति गर्ने नीति न आजसम्मका सरकारले बनायो न लागू नै ग¥यो । देशलाई आत्मनिर्भरसम्म बनाउने नीति नभएका शासकहरूको समृद्धिको गफमा हामी नेपाली जनता रमाएका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *