भर्खरै :

सशस्त्र प्रहरीद्वारा नदी तथा मठमन्दिर सरसफाइ

काठमाडौँ, २६ कात्तिक  ः सशस्त्र प्रहरी बल नेपालले छठ पर्वका अवसरमा देशभरका एक सय ७८ नदी, तलाउ तथा मठमन्दिरमा सरसफाइ गरेको छ ।
छठ पर्वका बर्तालु भक्तजनहरुलाई सघाउ पु¥याउन सशस्त्र प्रहरीका विभिन्न इकाइहरुबाट सो सरसफाइ गरिएको हो । सरसफाइमा कुल दुई हजार ३५३ सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरु खटिएका थिए ।
काठमाडौँ उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाइ गरिएको छ । त्यस्तै प्रदेश नं.१ मा २०, प्रदेश नं. २ मा ८८ र प्रदेश नं. ३ मा ७ स्थानमा सरसफाइ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरी बलले प्रदेश नं. ४ मा १५, प्रदेश नं. ५ मा २६, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ ठाउँका नदी, तलाउ तथा मठमन्दिरको सरसफाइ गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *