भर्खरै :

चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ शुकाङको भक्तपुर भ्रमण

भक्तपुर, २९ कार्तिक । जनवादी गणतन्त्र चीनका संस्कृति तथा पर्यटनमन्त्री लओ शुकाङ (Luo Shugang) ले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्र र टौमढी क्षेत्रको बिहीबार अवलोकन भ्रमण ग¥यो ।
प्रतिनिधिमण्डललाई भनपाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले भक्तपुर दरवार क्षेत्रमा फूलको गुच्छा, ढाकाको खास्तो र भादगाउँले कालोटोपी प्रदान गरी स्वागत गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलले राष्ट्रिय कला सङ्ग्रहालय, तलेजु मन्दिर परिसर र टौमढी क्षेत्रको रुचिपूर्वक अवलोकन गर्नुका साथै २०७२ सालको विनासकारी भूकम्पले यहाँका सम्पदाहरूमा पु¥याएको क्षतिको विषयमा जिज्ञासा राखेको थियो ।
भनपाका प्रमुख प्रजापतिले भक्तपुरको सामान्य परिचय दिंदै भूकम्पले क्षति पु¥याएका सम्पदाहरूको बारेमा प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो ।
भनपाका प्रमुख प्रजापतिले प्रतिनिधिमण्डललाई भक्तपुरको चिनोको रुपमा मयूर झ्याल र भक्तपुर नगरपालिकाका प्रकाशनहरू प्रदान गर्नुभएको थियो । अतिथि मन्त्री लुओ शुकाङ्ले पनि मायाको चिनो प्रदान गर्नुभएको थियो ।
अतिथि मन्त्री लुओ अतिथि पुस्तिकामा ‘भक्तपुर विश्व सम्पदामा सूचिकृत सहर भएको र चिनियाँ पर्यटकहरूको लागि तीर्थस्थलको रुपमा रहेको’ उल्लेख गर्नुभएको भक्तपुर नगरपालिका स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *