भर्खरै :

शाहीको अन्तिम संस्कार शनिबार

कोहलपुर, ३० कार्तिक । बुधबार बाँके जिल्लाको कोहलपुर विद्युत्चोकमा सडक दुर्घटना भई निधन हुनुभएका नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिका सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला समितिका अध्यक्ष गोमादेवी शाहीको शनिबार अन्तिम संस्कार गरिने भएको छ ।
शाही र उहाँका श्रीमान् अञ्जिरबहादुर शाही सवार मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको म्याजिक गाडीका चालक पक्राउ नभएपछि परिवारले मृतकको लास बुझ्न अस्वीकार गर्दै आएको थियो । शुक्रबार स्थानीय प्रहरी कार्यालयमा शाहीका परिवार, पार्टी पदाधिकारीहरू र म्याजिक गाडीका धनी तथा चालक रमेश दहितको परिवारबीच सहमति भएपछि शुक्रबार नै मृतकको लास बुझी कोहलपुर मेडिकल कलेजमा पोस्टमार्टम गरेको नेमकिपा बाँकेका गौरीकान्त आचार्यले जानकारी दिनुभयो ।
म्याजिक गाडीका चालक तथा धनी बर्दिया राजापुर निवासी रमेश दहित हालसम्म फरार छन् । दहितका पिता, स्थानीय वडाध्यक्ष र बडघर (थारुको मुखिया) कोहलपुर प्रहरी कार्यालय आई कानुनबमोजिम क्षतिपूर्ति दिने सहमति जनाएपछि मृतकको परिवारले लास बुझेको हो ।
नेमकिपा बाँके जिल्ला समितिले जनाएअनुुसार शनिबार बिहान महिला कार्यकर्ता शाहीको दाह संस्कार कर्णाली चिसापानीमा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *