शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
भक्तपुर, १ मंसिर । ‘‘सम्पदा भनेको चाँड–पर्व र मन्दिरका अतिरिक्ति किताब अध्ययन पनि हो । सकारात्मक विचार र सोच पनि सम्पदा हो ।’’
युवा साहित्य गोष्ठी भक्तपुरको आयोजनामा शनिबार भएको ‘पुस्तकले संसारलाई परिवर्तन गर्न सक्छ’ विषयक ‘बुक टक’ कार्यक्रममा उक्त विचार व्यक्त गरिएको हो ।
युवा साहित्य गोष्ठीका सदस्य निरज लवजूले शिक्षक एवं जेन्यूइन माविका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंसँग प्रश्नोत्तर शैलीमा सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक बिजुक्छेंले किताब भनेको विचार हो भन्दै किताबको बारे चर्चा–परिचर्चा गर्ने माहोल तयार गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ज्ञान र सूचना प्राप्त गर्ने उद्देश्यले म पुस्तक अध्ययन गर्छु । पुस्तकलाई सभ्यतासँग जोडेर छलफल गर्नु आवश्यक छ ।’’
अमोद उलकले पनि बोल्नुभएको उक्त कार्यक्रममा सहभागीहरूले पुस्तक अध्यययन र अध्ययन संस्कृतिबारे शिक्षक बिजुक्छेंसँग जिज्ञासा राखेको थियो ।
Leave a Reply