ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, १ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मंसिर २२) को अवसरमा शनिबार नेक्राविसङ्घका पूर्व तथा वर्तमान कार्यकर्ताबीच मैत्रीपूर्ण फूटबल खेल नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रेफ्री सञ्जय रञ्जितकारलाई भकुण्डो हस्तान्तरण गरेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै सांसद सुवालले खेललाई युवा विद्यार्थीको शारीरिक स्फूर्ति र स्वास्थ्यसँग पनि जोडेर खेल्नुपर्ने विचार राख्नुभयो ।
उहाँले खेललाई अनुशासन र देशको प्रतिष्ठा उँचो राख्ने माध्यमको रुपमा लिन विद्यार्थीहरूलाई आग्रह गर्दै नेक्राविसङ्घ स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक गतिविधि गर्नु उपयुक्त हुने बताउनुभयो ।
नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले प्रतिकूल परिस्थितिबीच पनि नेक्राविसङ्घका कार्यकर्ता अविचलित नभई समाजवादी क्रान्तिको बाटोमा अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजू र सचिव रमेश प्रजापतिले पनि बोल्नुभएको थियो । खेलमा नेक्राविसङ्घका पूर्व कार्यकर्ताको समूहले ५ गोल र वर्तमान कार्यकर्ताले ३ गोल गरेको थियो ।
Leave a Reply