तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुर्खेत, ५ मंसिर । नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला समितिका अध्यक्ष गोमादेवी शाहीको श्रद्धाञ्जली सभा मङ्गलबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरूङले महिला नेतृ शाहीको निधनले पार्टीलाई ठूलो क्षति पुगेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेमकिपाको तत्कालीन र दीर्घकालीन लक्ष्य प्राप्तिको लागि पार्टी कार्यकर्ताहरु पार्टी निर्देशनअनुसार निःस्वार्थरूपमा लाग्नुपर्छ ।’’
कार्यक्रममा नेमकिपा सुर्खेतका कार्यबाहक अध्यक्ष हरिबहादुर बोहरा, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेमकिपा वीरेन्द्रनगर नगर समितिका गणेश खड्का, नेपाल क्रान्तिकारी महिला सङ्घका तुल्सी खड्का, कल्पना शाह, दुर्गा विक तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ दैलेखका सल्लाहकार हस्तबहादुर गुरूङ र नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका अध्यक्ष गोविन्दनाथ योगीलगायतले शाहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
Leave a Reply