यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौं, ५ मंसिर । उच्च अदालत पाटनले ट्रिपर व्यवसायीलाई पेशा व्यवसाय गर्नका लागि सरकारले निर्धारण गरेको समय पालना गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले आज ट्रिपर व्यवसायीले पेशा व्यवसाय गर्दा निश्चित मापदण्डको पालना गर्नुपर्ने हुँदा सरकारले निर्धारण गरेको समयको पालना गर्नुपर्ने आदेश जारी गरेको हो । आदेशमा व्यवसायीलाई सम्पत्ति कमाउने संवैधानिक हकको पनि संरक्षण हुने र नागरिकको पनि जीउधनको सुरक्षा हुने हुनाले तोकेको समय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म ट्रिपर नचलाउने भनिएको छ ।
जुनसुकै समयमा पनि ट्रिपर चलाउन पाउनुपर्ने माग गर्दै ट्रिपर व्यवसायी सङ्घ दोलखाले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । सरकारले टिपरका कारण धेरै नागरिकको ज्यान गएपछि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र चलाउनका लागि समय निर्धारण गरेको थियो । अदालतले सरकारले व्यवसायीका लागि आचारसंहिता बनाएर समय निर्धारण गर्नसक्ने भएकोले लिखित जवाफ माग्नुपर्ने कारण नदेखिएको उल्लेख गर्दै रिट खारेज गरेको छ ।
Leave a Reply