यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
दानदास श्रेष्ठ
छापा माध्यममा भाषा सरल, सहज र पठनीय मात्र भएर पुग्दैन, हिज्जे पनि शुद्ध र स्पष्ट हुनुपर्छ । हिज्जे अर्थात् कउभििष्लन को गलत प्रयोगले अर्थको अनर्थ मात्र होइन कहिलेकाहीँ त्रुटिको पराकाष्ठामा पनि पु¥याइदिन सक्छ । हिज्जेको ख्याल यति गर्नुपर्छ कि एउटा सानोभन्दा सानो गल्तीले पनि परिणाम ठूलोभन्दा ठूलो बनाइदिन्छ । तिलसमानको गल्तीले पहाडसमानको परिणाम भोग्नुपर्ने अवस्था आइपर्छ कहिलेकाहीँ ।
एकपल्ट भारतीय राजदूतमा देव मुखर्जी बहाल रहेका बेला नेपालको एक उच्चस्तरीय कार्यालयबाट राजदूतको नाममा सम्बोधन गरिएको एउटा पत्रमा रेफ (डिकमाथि लेखिने आधारलाई बुझाउने सङ्केत) अन्तिम अक्षरमाथि हुनुपर्नेमा टाइपिस्टको गल्तीले अगाडिको अक्षरमा पर्न गएछ । रेफ गलत स्थानमा पर्दा मुखर्जी हुनुपर्नेमा मुर्खजी पो हुन पुगेछ । कत्रो बबाल हेर्नुस् त । त्यसलाई तत्काल संशोधन गरी अर्को पत्र बनायो । सानो गल्ती भनेर के गर्ने ?
यस्ता संवेदनशील कुरा नेपाली लेखोट, मुद्रित सामग्री एवं छापाहरूमा ध्यान पु¥याउने नगरिएका बग्रेल्ती उदाहरण भेटिन्छन् । नेपाली मुद्रा, नोट, बैङ्क चेक, हुलाक टिकट, राजपत्र, राहदानी, लालपुर्जा, भौचर, सरकारी कागजात मात्र होइन स्वयं भाषा व्याकरण क्षेत्रका विद्वान्हरूमा प्रकाशित शब्दकोशहरूमा पनि हिज्जेको हरकत देख्न पाइन्छ । त्यस्तै, नेपालकै नम्बर १ भनेर घोषित गरिएका छापाहरूमा पनि दिनहुँजसो भाषाका हिज्जे गलत छापिएको भेटिन्छ । पुनर्निर्माण हुनुपर्नेमा कसैले पुर्ननिर्माण, कसैले पुननिर्माण र कसैले पुनर्निर्माण लेखेको भेटिएका छन् भने पुनव्र्याख्यालाई पुर्नव्याख्या, दुव्र्यवहारलाई दुरव्यवहार, दूरव्यवहार आदि लेखिन्छ ।
वास्तवमा हिज्जेका कारण नेपाली भाषाका शब्दहरू समृद्ध छन् । हरेक शब्दका हिज्जे यस्तै हुनुपर्छ भन्ने कारणसहित उल्लेख गर्न सकिने ताकत नेपाली भाषामा छ । त्यसैले अलिकति सावधानी मात्र अपनाउने हो भने शुद्ध नेपाली हिज्जेका लागि कोही पनि दरिद्र बन्नुपर्ने स्थिति छैन । मूल कुरा, भूलबाट सिक्ने हो । तर भूलमा जानाजान अटेर गर्नुलाई चाहिँ अराजक नै मान्नुपर्छ । मैले भनेकै ठीक । मेरो मानक नै उचित भन्ने एकलव्य सोच कसैले पाल्नु हुँदैन ।
अरु त अरु, शब्दकोश निर्माता विद्वान्हरूबाट समेत नेपाली जनजिब्रोमा चलेको शब्द भनेर अशुद्ध शब्दलाई स्थान दिइएको पाइनु दुःखद कुरा हो ।
उदाहरणै दिएर भन्नुपर्दा प्रधान सम्पादक हेमाङ्गराज अधिकारी र सम्पादक बद्रीविशाल भट्टराई रहेको प्रयोगात्मक नेपाली शब्दकोशले नामाकरण शब्द पनि चलाइदिएको छ । जब कि नाम ं करण . नामकरण हुन्छ अर्थात् नाम दिने संस्कार, न्वारन नामकरण हो । नामाकरणले विच्छेद गर्दा त नाम ं अकरण हुन्छ । करणले पोजिटिभ जनाउँछ भने अकरणले नेगेटिभ अर्थात् नामकरणले शुभ सङ्केत गर्छ भने नामाकरणले अशुभ । अनि कसरी जनजिब्रोमा चलेको भनेर चलाइदिने त ? अशुद्ध शब्दलाई शुद्ध बनाउने काम त विद्वान्हरूको हो नि ।
संवैधानिक राजतन्त्रकालीन समयको कुरा हो, नयाँ नोट निश्कासन गर्नुपर्दा स्वीकृतिका लागि त्यसका सबै नमूनासहितको विवरण अर्थ मन्त्रालयले दरबारमा पठाउनुपर्ने प्रचलन थियो । (तत्कालीन समयमा पंक्तिकार राजदरबारको जागिरे जीवनमा थियो ।) राजा ज्ञानेन्द्रको चित्राङ्कित रु. १०।– को पोलिमर नोटमा मुद्रित नेपाली भाषाका केही शब्दहरूमा अशुद्धि देखेर अब छापिने नयाँ नोटहरूमा त्यस्तो अशुद्धिपन कसरी हटाउन सकिएला भनी चिन्तन गरिरहेको रु. १० कै अर्को नोट स्वीकृतिका लागि दरबार पठाइएको विवरणमा पंक्तिकारको आँखा झ्वाट्ट प¥यो । अलिकति नेपाली शब्दहरूको हिज्जेबारे ध्यान जाने गरेका कारण एकएक शब्द केलाउनेतर्फ लागियो । …. यसको रुपैयाँ भुक्तनी माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट रुपैयाँ १० तुरुन्त पाइने छ मा नजर प¥यो जसमा पाइने छ छुट्याइएको थियो । पंक्तिकारलाई नेपाली क्रियापदमा नेछलाई जोड्नुपर्छ भन्ने जानकारी थियो सोहीअनुसार पठाइएपछि निष्कासित सबै नोटमा पाइनेछ शब्द उल्लेख हुन थाल्यो । सोही नोटमा निश्कासित हुनुपर्नेमा पनि निश्काशित छापिएको छ ।
सूचना विभागका तत्कालीन महानिर्देशक शान्तराज सुवेदीको प्रमुख आतिथ्यमा विभागको सभाकक्षामा आयोजित मिडिया प्वाइन्टको पुरस्कार वितरण कार्यक्रममा यस पंक्तिकारले पनि पुरस्कृत हुने सुअवसर पाएको र सम्बद्ध विषयमा केही मन्तव्य राख्ने मौका मिलेको थियो । पंक्तिकार नेपाली हिज्जेसम्बन्धी अध्ययनकै सन्दर्भमा पुरस्कृत भएको हुँदा मन्तव्य पनि नेपाली हिज्जेमै केन्द्रित भएर दिइयो । त्यतिखेर सभाकक्षभित्र रहेको रोस्ट्रममा ठूल्ठूला अक्षरले लेखिएको थियो सूचना बिभाग । पंक्तिकारले सुद्ध हिज्जेको सुरुआत सूचना विभागबाटै हुनुपर्ने सल्लाह दिन थालेपछि सबैको ध्यान मोडियो । कुरो सानै हो, विभागको वि पेट काटिएको थियो । विभाग तत्सम (संस्कृत भाषाबाट जस्ताको तस्तो रुपले नेपाली भाषामा आई चलेको शब्द) भएकाले त्यसको वि पेट काटिनु गलत हो भनी औंल्याइएपछि भोलिपल्टैबाट विभागको वि सच्याइयो । सूचना तथा सञ्चार मन्त्रालयका कैयन् लेखोटमा सञ्चारलाई सन्चार उल्लेख गरिएको पाइन्छ । सञ्चार तत्सम शब्द भएर मात्र होइन क वर्णको नासिका स्वर ञ भएका कारण पनि सञ्चारमा न् होइन ञ् प्रयुक्त भएको हो । कहाँ ञ् हुन्छ, कहाँ न् हुन्छ, कहाँ डग, कहाँ ण् र म् हुन्छ बुझ्न गाह्रो छैन, सामान्य नियम छ, आलेखको अन्त्यतिर दिइएको छ, अवश्य सहायकसिद्ध होला ।
पूर्वराजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई कू, गरेका बेला पनि भाषणमा असक्षम शब्द प्रयोग गरिएको थियो । जबकि नेपाली शब्दकोशमा असक्षम शब्द नै पाइँदैन । क्षमको विपरीतार्थ शब्द अक्षम हो असक्षम होइन । त्यो त अपाङ्गको विपरीतार्थ शब्दको रुपमा सपाङ्ग चलाएजस्तो भइहाल्यो नि, हचुवा तालमा । अप ं अङ्ग . अपाङ्ग अनि सपाङ्गको विच्छेद कसरी गर्ने ? वास्तवमा हुनुपर्ने अपाङ्गको विपरीतार्थ शब्द साङ्ग (अर्थात् स ं अङ्ग) वा सबल ं अङ्ग . सबलांङ्ग हो ।
हिजोआज नेपाली ठूला छापाहरूमा हेडलाइनमै पुनरावलोकन, अनुशरण, दुरावस्था, व्यवसायिक, जस्ता शब्दहरू प्रयुक्त गरिएका पाइन्छन् । ती सबै शब्दका हिज्जे गलत छन् । जस्तो पुनरवलोकन भनेर पुनःअवलोकन भन्न खोजिएको हो । तर पुनःलाई अवलोकनसँग सन्धि गर्दा पुनरवलोकन हुन्छ । किनभने पुनः को विसर्ग (ः) ले रेफ अर्थात् आधारको काम गर्छ आधा र अवलोकनको अ सँग सन्धि हुँदा पूरा र हुन पुग्छ अनि पुनः ं अवलोकन . पुनरवलोकन हुन्छ । कहाँबाट पुनरावलोकन आयो ? यसमा चलनचल्तीको अर्को शब्द पुनरागमन शब्द सुनिरहेका कारण पुनरावलोकन आयो ? यसमा चलनचल्तीको अर्को शब्द पुनरागमन शब्द सुनिरहेका कारण पुनरावलोकन शब्द हाम्रालागि कर्णप्रिय मात्र बनेको हो, वास्तवमा पुनरावलोकन शब्दको हिज्जे अशुद्ध छ । तर पुनरागमनचाहिँ शुद्ध छ किनभने यसमा पुनः र अगमन दुई शब्दको सन्धि भएको छ । जस्तो पुनः अर्थात् पुन¥को आधार आगमनको आसँग जोडिँदा रा हुन्छ अर्थात् पुन¥ ं आगमन . पुनरागमन ।
त्यस्तै अनुशरण शब्दको कुरा गरौं । शरणको अर्थ आश्रय खोज्नु हो । सरणको अर्थ सर्नु हो । अँग्रेजीमा फलो गर्नुको अर्थमा हो भने अनुसरण हुनुपर्छ अनुशरण होइन ।
छापामा छाइरहने दुरावस्था शब्दको हन्डर पनि उस्तै छ । अशुद्ध शब्दको बिगबिगीले कहिलेंकाहीँ शुद्ध शब्द पनि अशुद्ध भान हुने रहेछ । गोरखापत्र, कान्तिपुरलगायत सबैजसो ठूलो छापामा दुरावस्था शब्द प्रयुक्त भइरहेकै बेला एउटा सानो अखबारले दुरवस्था प्रयोग गरेको देखेर एक जना मित्रले हेर्नुस् साना अखबारले जहिल्यै गल्ती गर्छ भनेको यही हो भनी देखाएछन् । आखिर दुरवस्था शब्द नै सही ठहरिएपछि ती मित्र अवाक् बनेको क्षण पनि सदा ताजै छ पंक्तिकारको दिमागमा । दुः ं अवस्था . दुरवस्था हो किनभने दुको विसर्ग आधार अवस्थाको अ मा जोडिएपछि पूरा र हुन पुगी दुरवस्था शब्द निर्माण हुन पुगेको हो । त्यसैले दुरवस्था शुद्ध शब्द हो दुरावस्था नै सही शब्द हो कि भन्ने भान पर्न गएको मात्र हो ।
पत्रकारिता गर्ने धेरै साथीले आफूले पत्रकारीता लेखिरहेको शुद्ध छ कि अशुद्ध भनी जान्ने कोशिश गर्दा रहेनछन् । एक क्षण ध्यान दिने हो भने यस्ता सयौं शब्द एक निमेषमै शुद्ध गर्ने मन्त्र हामीसँग छ, कहीँ जानुपर्दैन । जस्तो इक, इत, इताजस्ता प्रत्यय (कुनै धातु वा मूल शब्दको अन्त्यमा लागेर विशेष अर्थ जनाउने शब्द) को अगाडिको अक्षर ¥हस्व हुन्छ भन्ने सम्झिनासाथ पत्रकारिताको रि ¥हस्व हुन्छ भन्ने बुझ्न गा¥हो हुँदैन । पत्रकार शब्दको पछाडि इता प्रत्यय लागेर पत्रकारिता बनेजस्तै कलाकार शब्दमा इता प्रत्यय लागेपछि कलाकारिता बनेको सजिलै बुझ्न सकिन्छ । प्रभावमा इत प्रत्यय लागेपछि प्रभावित, प्रतिबन्धमा इत प्रत्यय लागेपछि प्रतिबन्धित, प्रतिविम्बमा इत प्रत्यय लागेपछि प्रतिविम्बित हुन्छ भन्ने सहजरुपमै ज्ञान हुन्छ र ती सबैको हिज्जे पनि सम्झिन सजिलो हुन्छ ।
त्यस्तै समाज शब्दमा इक प्रत्यय लागेपछि सामाजिक शब्द निर्माण हुन्छ । इक प्रत्ययको प्रकरण अलिक भिन्न छ । इक प्रत्यय लाग्ने शब्दमा आदिवृद्धि हुने प्रचलन रहेको छ अर्थात् समाज शब्दमा इक प्रत्यय लागेपछि समाज शब्दको अगाडिको अकारको अक्षर स आकारमा वृद्धि हुनपुग्छ । समाज ं इक सामाजिक । (हेर्नेुस् संलग्न चार्ट) त्यस्तै सन्दर्भमा इक लागेपछि सान्दर्भिक, परिवारमा इक, लागेपछि पारिवारिक,समयमा इक लागेपछि सामयिक हुन्छ । धर्ममा इक लागेर धार्मिक, मर्ममा इक लागेर मार्मिकजस्तै अर्थमा इक आर्थिक हुन्छ । त्यसैले अब व्यवहारिक शब्द अशुद्ध हो शुद्धचाहिँ व्यावहारिक हो भन्ने भुल्नु भएन । त्यस्तै अधिकारिक अशुद्ध हो आधिकारिक चाहिँ शुद्ध हो भन्ने बिर्सिनु भएन ।
मध्यम शब्दमा इक प्रत्यय लागेपछि नियमअनुसार माध्यामिक बन्छ । तर कैयन् माध्यामिक विद्यालयहरुको साइनबोर्डमै माध्यामिक शब्द निर्धक्क लेखिएका भेटिन्छन् । नेपाली हिज्जे शुद्धका लागि पनि आमूल परिवर्तनकै खाँचो छ । त्यसका लागि सबै क्षेत्रमा जागरणको आवश्यकता छ । अङ्ग्रेजी भाषाका हिज्जेमा हामी कति सावधानी अपनाउँछौं आफ्नै नेपाली भाषाका हिज्जेका लागि त्यति चिन्तित बन्दैनौं, यहींनिर हाम्रो दोष देखिन्छ । त्यसको निराकरणमा सबैले मिलेर अगाडि बढ्नुको विकल्प छैन ।
नेपाली छापामा बरोबर आइरहने अतिथ्यता शब्दको हिज्जे पनि गलत छ । सहीचाहिँ आतिथ्य हो । अतिथि मूल शब्दमा य प्रत्यय लागेपछि माथि उल्लिखित इक प्रत्ययको नियममा झैं मूल शब्दको आदि वृद्धि हुन्छ । साथै य प्रत्यय लाग्ने मूल शब्दको अन्तिम अक्षर आधा हुन गई य प्रत्ययमा जोडिन्छ । जस्तो अतिथि ं य . आतिथ्य, मधुर ं य . माधुर्य, मणिक ं य . माणिक्य, स्वस्थ ं य . स्वास्थ्य, गम्भीर ं य . गाम्भीर्य, वणिज ं य . वाणिज्य आदि ।
नेपाली भाषामा अर्को एउटा शब्द छ जुन सबैको जिब्रोमा उसै गरी झुन्डिने गरेको छ । सारै चलनचल्तीको त्यो शब्द हो धैर्यता । धैर्यता शब्द पनि शुद्ध छैन । किनभने यो धीर मूल शब्दमा य प्रत्यय लागेर बनेको हो । धीर ं य . धैर्य हो । त्यसमा ता कसरी जोडिन आयो ? ता लगाउने हो भने धीरता गर्नुप¥यो । कुनै काममा सफलता पाउन धैर्यता चाहिन्छ, हामी सीधै भन्छौं । धैर्य चाहिन्छ भन्दै भन्दैनौं, भन्नलाई अप्ठेरो लाग्छ । किनभने धैर्यता नै जनजिब्रोमा चलिसकेको छ । धैर्यता नै हामीलाई कर्णप्रिय लागिसकेको छ, दरावस्थाजस्तै ।
तर वास्तविकतालाई त्याग्ने कुरो त आउँदैन । सही कुरालाई किमार्थ अनदेखा गर्नु हुँदैन । त्यसमा पनि छापा सञ्चारमा आबद्ध पेशाकर्मीहरूको त सही शब्द,सही हिज्जेलाई सप्रमाण प्रयोगमा ल्याइदिनु परम कर्तव्य नै हो । हाम्रो समृद्ध भाषाका हिज्जेलाई बिगार्ने काम कमसे कम छापा सञ्चारकर्मीले गर्नै हुन्न । नेपाली भाषालाई दैनदिनरुपमा उपयोग गरिरहने छापा सञ्चारकर्मीले यसमा विशेष चनाखो भइ ध्यान पु¥याउनु जरुरी छ ।
नेपाली छापा सञ्चारमा पटकपटक दोहोरिएर आइरहेका सुन्दा, हेर्दा शुद्धजस्ता लाग्ने केही अशुद्ध शब्दको फेहरिस्त नै यस आलेखमा समावेश गरिएको छ । आगामी दिनमा तिनको अशुद्धि हटाउनु मेरो उद्देश्य हो ।
–संहिता
Leave a Reply