यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सित भेट गर्न आएका एकजना पूर्व लडाकूले विष सेवन गरी आत्महत्याको प्रयास गरे । कालीकोट घर भएका ती ३२ वर्षीय पूर्व लडाकू कुलप्रसाद भट्टराईले गृहमन्त्रीलाई भेट्दा युद्धका कारण जीवन बर्बाद भएको र आफू ठूलो मानसिक तनावमा भएको दुखेसो पोखेका थिए । गृहमन्त्री थापासित गुनासो गर्दागर्दै भट्टराईले गोजीबाट मेटासिट निकालेर खाएको बताइएको छ ।
भट्टराई निश्चय पनि डिप्रेशनमा थिए होलान् तर उनले गरेको कार्यलाई सही भन्न सकिन्न । देशका हजारौँ–हजार मानिसलाई डिप्रेशनमा पुग्ने कार्य पूर्व नेकपा माओवादी पार्टीको नेतृत्वले गरेको छ । त्यस्तै परिवर्तनप्रेमी नेपाली जनताको आशामाथि तुषारापात गर्ने पूर्व एमालेको नेतृत्वले पनि गरेको छ । दुवै पार्टी अहिले नेकपा बनेको छ । त्यस पार्टीका नेताहरुले परिवर्तन र देश विकासको नारा दिई पटक–पटक सरकारको नेतृत्व गरिसकेका छन् तर आफ्नो प्रतिबद्धता र वचनलाई पूरा गरेका छैनन् । आफूलाई ‘कम्युनिष्ट हुँ’ भन्नेहरुको सरकारले थोरै पनि कम्युनिष्ट व्यवहार देखाउन सकेको छैन । जनतालाई पुँजीवादी प्रजातन्त्रले दिने हकसम्म पनि प्रत्याभूत गराउन सकिएको छैन । नेकपा (माओवादी) को नेतृत्वमा ‘जनयुद्ध’ लडेकाहरु ‘जनयुद्ध’का नाममा सहिद बनेका परिवारका सदस्यहरु र कथित जनयुद्धलाई विभिन्न तवरले मद्दत पु¥याएकाहरु आज माओवादी नेताहरुको बदलिएको बोली र व्यवहारदेखि अवाक् छन् । पूर्व माओवादी नेताहरु पनि हिजोका पञ्च, काङ्ग्रेस र एमालेजस्तै तिनीहरुभन्दा बढी सौखिन र भ्रष्ट देखिएका छन् । यसरी बहुदलीय पुँजीवादी व्यवस्थामै जनतालाई कष्ट दिनु थियो भने कथित जनयुद्ध केका लागि थियो ? जनता प्रश्न गर्दैछन् । नयाँ व्यवस्था ल्याउनु नै थिएन भने त्यत्रो द्वन्द्व र बलिदानी केका लागि थियो । पूर्व माओवादी नेताहरु र आफूलाई मूलधारको कम्युनिष्ट दाबी गर्ने एमाले नेताहरुले पञ्च र काङ्ग्रेसभन्दा भिन्न भएर सरकार चलाउन सक्नुपथ्र्यो । साँच्चैको तोरी भए पो तेल निस्कनु, तोरीको भेषमा कोदो भएपछि के तेल निस्कनु ? त्यसैले आजको राष्ट्रिय डिप्रेशनका लागि कतिपय सरकार र सरकारको नेतृत्व गरिरहेको नेकपा जिम्मेवार छन् ।
– बोधबहादुर नेपाली
Leave a Reply