भर्खरै :

जनतामाझ नेमकिपाका सांसद

भक्तपुर, ६ मंसिर । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समिति वडा नं २ को आयोजनामा झौखेलमा बिहीबार जनतासँग सांसद कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारले किसानको समस्यालाई बेवास्ता गरी व्यापारीलाई प्र्रश्रय दिएको कारण उत्पादनमा ¥हास आउनुका साथै धेरै युवाहरू बेरोजगार भई विदेशिनुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कृषिप्रधान देश नेपालमा दाल, चामल, तरकारी, फलफूलसमेत विदेशबाट आयात गर्नु लज्जास्पद छ । तराईका उखु किसानहरूले समयमा भुक्तानी नपाउँदा पनि व्यापारीहरूलाई केही गर्न नसक्नु सरकारमा जाने दलका नेताहरूले चुनावमा उनीहरूसँग मोटो रकम लिनुले हो ।’’
सांसद सुवालले घरको अभिभावक नराम्रो भए घर बिग्रेजस्तै देश चलाउने नेता नराम्रो भए देशै बिग्रने स्थिति आउने भएकोले जनता सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
काङ्ग्रेस, एमाले, माओवादीले चुनावमा जनतासमक्ष चिप्लो कुरा गरेर ठिक्क पार्ने र चुनाव जितिसकेपछि भ्रष्टाचारमा लिप्त भई देश र जनतालाई धोका दिंदै आएको हुनाले यस्ता पार्टीलाई जनताले समयमै चिन्नुपर्छ, उहाँले भन्नुभयो ।
सांसद सुवालले सुन तस्करका ठूला माछा, निर्मला हत्याकाण्डका दोषी र भ्रष्टाचारीहरूलाई कारबाही नगर्ने सरकार जनताको सरकार हुनै नसक्ने चर्चा गर्दै भारतीय विस्तारवादले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टर जमिन मिच्दा पनि चुइँक्क नबोली बुटवलको जितगढीमा भारतीय सेना राख्न दिने सरकार नालायक सावित रहेको बताउनुभयो ।
कार्यक्रममा सांसद सुवालले कम्युनिष्टको नाउँधारी नेकपाले संशोधनवादी चरित्र देखाएर पुँजीपतिहरूलाई पोस्ने काम गरिरहेको हुँदा जनता सचेत भई उनीहरूविरूद्ध सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले किसान, मजदुरको हक हितको लागि वर्गसङ्घर्षलाई अगाडि बढाउनुको विकल्प नरहेको चर्चा गंर्दैै विकास निर्माणको काममा जनता आफै सहभागी भएर उपभोक्तामार्फत काम गर्दा ठकेदारहरूले भ्रष्टाचार गर्न नपाउने र काम बढी हुने बताउनुभयो । उहाँले जनताको चेतनास्तर नबढेसम्म समाज विकास नहुने भएकोले नेमकिपाले शिक्षा–स्वास्थ्यलाई बढी जोड दिई ख्वप कलेजहरूलाई अगाडि बढाएको पनि बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले नेमकिपाले विकास निर्माणका कामहरूमा पारदर्शिता र गुणस्तरलाई ध्यान दिई सांसद विकास कोषका रकमहरू सबै गाउँ क्षेत्रमा खर्च गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गणेशराम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *