यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
मार्केन्दे काट्जू
आफ्ना वरिष्ठ सम्पादक जिम अकोस्टाको प्रेस परिचयपत्र निलम्बन गरेको विरोधमा संरा अमेरिकी मिडिया सीएनएनले राष्ट्रपति कार्यालयविरुद्ध मुद्दा दायर गर्ने निर्णय ग¥यो । संरा अमेरिकामा अधिकांश मानिस सीएनएनको पत्रकारको पक्षमा उभिएका छन् ।
यस्तो घटना भारतमा हुने कतिको सम्भावना छ ? सन् १९७५ देखि ७७ सम्म भारतमा इन्दिरा गान्धीले सङ्कटकाल लागू गरेकी थिइन् । त्यत्तिबेला प्रेस तथा वाक स्वतन्त्रता निलम्बन गरिएको थियो । लालकृष्ण आडवाणीको शब्दमा भन्दा त्यत्तिबेला भारतका मिडियालाई निहुरिनमात्र भनिएको थियो, तर भारतीय मिडिया त पूरा लम्पसार परेका थिए । आडवाणीको यो भनाइ निकै चर्चित बन्यो ।
सन् २०१४ मा वरिष्ठ पत्रकारहरू राजदीप सदेर्सिया र सागरिका घोसले सीएनएन–आइबीएन (आजको सीएनएन न्युज १८) छोडे । प्रधानमन्त्री नरेन्द्र मोदीका कान मानिएका मुकेश अम्बानीले त्यो च्यानल किनेपछि उनीहरूले त्यहाँबाट बिदा हुने निर्णय गरेका थिए । सन् २००२ को गुजरात दङ्गाको विषयमा सदेर्सियाले ज्यादै पेचिलो प्रश्न सोधेकाले प्रधानमन्त्री मोदी उनीसँग रिसाएको बताइएको थियो । मिडिया क्षेत्रबाट कुनै प्रकारको विरोधको मधुरो स्वर पनि सुनिएन ।
इण्डिया टुडे टीभीमा प्रसारण हुँदै आएको करण थापरको टीभी सो प्रशासनले निरन्तरता दिएन । थापरले मोदीसँग अन्तर्वार्ता लिने क्रममा उनीसँग प्रधानमन्त्री रिसाएको कुरा सबैलाई थाहा थियो ।
सरकारमाथि व्यङ्ग्य गरिएका कार्टुनमाथि धेरै असहमति आएपछि मेल टुडेले कार्टुनिष्ट सतिस आचार्यलाई पत्रिकालाई उनको आवश्यकता नभएको जानकारी गराइयो । फेरि पनि कुनै आवाज उठेन ।
पुण्य प्रसुन बाजपेई र मिलिन्द खण्डेकरलाई राजनीतिक दबाबका कारण एबीपी टीभी च्यानलबाट निष्कासन गरियो । त्यसको विरोधमा केही आवाज उठे तर विरोधको कुनै सुनुवाइ भएन । जे भयो, स्वीकारियो ।
धेरै मानिससँग एउटा प्रश्न छ–सीएनएनले गरेजस्तै भारतीय मिडियाले कुनै साहसिलो कदम किन उठाउन सक्दैन ? यसबारे मेरो विचार यस्तो छ ः
१) संरा अमेरिका वा अरु कुनै विकसित देशहरूमा जस्तै भारतमा जनताको मत त्यत्ति बलियो छैन । भारतमा अधिकांश मानिस सत्तासँग तरवार जुधाउन चाहँदैनन् ।
यसको एउटा उदाहरण पेश गर्छु, भारतमा वास्तवमै सङ्कटकाल भएर होइन बरु आफ्नो सत्ता जोगाउन सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सङ्कटकाल लागू ग¥यो । सबै मौलिक अधिकार निलम्बन गरियो । मिडियामाथि कडा सेन्सरसीप थोपरियो । जनस्तरबाट मुस्किलले विरोध भयो । अधिकांश मानिस आफ्नो नियमितलाई चुपचाप स्वीकारे । साहसिला रामनाथ गोयन्का र उनको इन्डियन एक्सप्रेस गु्रप मात्र यसको अपवाद रहे । जसको मूल्य उनले चुकाउनुप¥यो ।
यस्तै घटना संरा अमेरिका वा युरोपमा भएको भए त्यहाँ ठूलठूला आन्दोलन र प्रतिरोध हुने थियो ।
२) भारतीय र पश्चिमा देशका मिडिया दुवैका मालिक व्यापारीहरू नै हुन् । तर पश्चिमा व्यापारीहरू प्रायशः राजनीतिक नेताहरूसमक्ष कहिल्यै घुँडा टेक्ने गर्दैन । बरू पश्चिमा देशहरूमा राजनीतिक नेताहरू व्यापारीसमक्ष झुक्ने गर्छन् ।
यसका धेरै कारण छन् ः
प्रथमतः, भारतमा कोही व्यापारीले सत्तासीनलाई चिढाए नेताहरूले केन्द्रीय अनुसन्धान विभाग, कर तथा भन्सार कार्यालय वा प्रहरी प्रशासनको काउछो लगाइदिने गर्छन् । सर्वोच्च अदालतले भनेजस्तै ती सरकारी कार्यालयका कर्मचारी भनेका ‘पिंजडाभित्रको सुगा’ हुन् । उनीहरू कहिल्यै राजनीतिक नेताहरूलाई चिढाउने गर्दैनन् । अझ कतिपय अवस्थामा त उनीहरूले बरु झुठा प्रमाणसमेत बनाएर नेताहरूलाई खुशी बनाउने गर्दछन् ।
अर्कोतिर पश्चिमा देशहरूमा कर्मचारीहरू थप व्यवसायिक वा पेशाप्रति इमानदार हुन्छन् । उदाहरणको लागि, यदि डोनाल्ड ट्रम्पले सङ्घीय अनुसन्धान विभाग वा आन्तरिक कर सेवा कार्यालयलाई सीएनएनमाथि कार्वाही गर्न आदेश दिएको अवस्थामा पनि ती कार्यालयले त्यसो गर्ने थिएनन् ।
दोस्रो, अधिकांश भारतीय मिडियाले अरू धेरै व्यापार पनि सँगसँगै चलाइरहेका हुन्छन् । उनीहरूका अखबार वा टीभी च्यानल भनेका अरु व्यापार–व्यवसाय जोगाउने वा त्यहाँबाट प्राप्त हुने नाफा जोगाउने माध्यम मात्र हुने गरेका छन् । मिडियाभन्दा उनीहरूका ती व्यवसाय बढी नाफामूलक हुने गरेको छ ।
तेस्रो, सन् १९४७ मा भारत उपनिवेशमुक्त भयो । तर अधिकांश भारतीय पत्रकारहरूमा अझै पनि उपनिवेशकालीन चिन्तन बाँकी नै छ । उनीहरू कोही मन्त्री वा भारतीय प्रशासनका कुनै अधिकारी (आफ्नो गोजीमा भएको बाहेक) आफ्नो सामू आएपछि कर्कलोको पातजतिकै गल्ने गर्दछन् । त्यसकारण सीएनएनसँगजस्तै उनीहरूसँग सत्ताको विरोधमा लाग्ने हिम्मत छैन ।
३) संरा अमेरिका र युरोपमा अधिकांश पत्रकारहरू जस्तै एन्डरसन कुपर, बब उडवार्ड, बारबारा वाल्टर्स, क्रिस्टिनाइन अमनपुर, फारिद जाकारिया र अरूहरू मिडियाहरूमा काम गर्ने भए पनि सञ्चार गृहका मालिक सबै कुरा अन्धो भएर पछ्याउने गर्दैनन् । मिडियाका मालिकले बरु उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्छन् । त्यस्ता पत्रकारहरूको व्यक्तित्व शक्तिशाली हुने गर्दछ । उनीहरू आफ्नै मूल्य मान्यता हुन्छन् र व्यवसायिक मर्यादा हुने गर्दछ । उनीहरूले आफ्ना मूल्य मान्यता र मर्यादा कायम राखेका हुन्छन् ।
म अनुमान गर्छु, सीएनएनका मालिक टेड टर्नरले कुनै अनुभवी पत्रकारसँग जिम अकोस्टामाथिको घटनाबारे परामर्श लिएको हुनुपर्छ । अनुभवी पत्रकारले सिङ्गो संस्था जिमको पक्षमा उभिनुपर्ने र प्रथम संशोधन (प्रेस स्वतन्त्रता) अधिकारको रक्षाको लागि लड्नुपर्ने सल्लाह दिएको हुुनुपर्दछ ।
भारतमा सबभन्दा ठूला भनिएका मिडियाका मालिकले पनि यस्तो काम गर्न हिम्मत गर्नेछैन । भारतमा अधिकांश पत्रकारहरू वास्तवमा स्वतन्त्र छैनन् बरु मालिकका औंलामा नाच्छन् । अनि त्यो मालिक राजनीतिक नेताको सामु घुँडा टेकेका हुन्छन् ।
(लेखक भारतको सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ ।)
स्रोतः द वायर
नेपाली अनुवादः नीरज
Leave a Reply