‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
ओम धौभडेल
काठमाडांै उपत्यकालगायत नेपालमण्डलभित्र बसोबास गर्ने नेवारहरूको चन्द्रमाको गतिलाई आधार मानेर वर्षभरि विभिन्न जात्रा, चाडपर्व तथा अन्य कार्यहरू सम्पन्न गर्ने चलन छ । त्यसमा एक पूर्णिमा तिथि पनि हो । आकाशमा चन्द्रमाको पूरै भाग देखिने दिनलाई पूर्णिमा भनिन्छ । प्रत्येक महिनामा एक पूर्णिमा आउँछ । त्यसमा कार्तिक शुक्ल पूर्णिमाको दिनलाई सकिमना पूर्णिमा मनाउने चलन छ । यो सकिमिला पूर्णिमा वा हलिमलि पर्वको रुपमा पनि चिनिन्छ । यहाँ ‘सकी’ भन्नाले पिँडालु जनाउँछ भने ‘मना’ले उसिने भन्ने अर्थ लाग्छ । यस दिन देवालय, शिवालय, मठ मन्दिर तथा देवदेवीको मूर्ति अगाडि सम्बन्धित मूर्त वा अमूर्त चित्रहरू प्रदर्शन गरिन्छ । यी चित्रहरू भुटेको मकै, कालो भटमास, गहुँजस्ता गेडागुडी तथा स्वारी मालपुवालगायतका रोटीहरूबाट बनाइएका हुन्छन् । यो अत्यन्त आकर्षक हुन्छ । कुनै देवदेवीको चित्र पूर्णरुपमा बनाइएको हुन्छ त कुनै प्रतिकात्मक हुन्छ । गणेशको मूर्ति अगाडि कतै अत्यन्त आकर्षक गणेशको पूर्ण चित्र बनाइएको हुन्छ त कतै गणेशको वाहन एउटा छुचुन्द्रोमात्र बनाइएको हुन्छ । कतै गणेशको हतियार बञ्चरो बनाइन्छ । टोल टोल र बस्ती बस्तीमा रहेका देवदेवीको स्थानीयहरु सकभर राम्रा राम्रा चित्र बनाउँछन् । यसप्रकारको संस्कृतिलाई यहाँ हरिमन्दि तथा नसा ब्वयेगु भन्ने चलन छ । सफा, ठूला कपडा तथा त्रिपालमाथि सर्वप्रथम भुटेको गहुँ बिछ्याइन्छ । गहुँमाथि भुटेको मकैबाट सम्बन्धित देवदेवीको चित्र बनाइन्छ । त्यसमा आँखा, कान, नाक, टीकालगायत स–साना आकृति कालो भटमासबाट तयार गरिन्छ । चारैतिर स्वारी मालपुवाजस्ता रोटीले सजाइन्छ । यसरी नसा ब्वयेगु गर्दा सम्बन्धित ठाउँका डाफा भजनले भजन गरिन्छ । यस दिन व्रत बस्नेहरूलाई देवताको प्रसादको रुपमा भुटेको मकै र भटमास दिई पठाइन्छ । साथै घरघरमा पिँडालु, सखरखण्ड र तरुल उसिनेर खाने चलन छ । भुटेको भटमास, मकै पनि खाने गरिन्छ ।
यस सम्बन्धमा एउटा कहावत छ–परापूर्वकालमा नेपालमा अनिकाल परेछ । धानको बीउसमेत पाइएन । खानको लागि यहाँ गहँु, मक,ै भटमासजस्ता अन्नमात्र बाँकी भयो । त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले मंसिर शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रुपमा खाने चलन बन्यो ।
नेवार समुदायमा प्रत्येक पूर्णिमाको दिन विशेष परिकार खाने चलन छ । यसमा कार्तिक शुक्ल पूर्णिमाको दिन पिँडालु उसिनेर खाने चलन छ । यो दिन पिँडालु खानु पर्नाको बारे एउटा कहावत छ । एकपटक रावणले सृष्टिकर्ता ब्रह्मादेखि डाहा लागी सम्पूर्ण दानवलाई मानव गर्न कठोर तपस्या गरेछ । तपस्या सफल भएपछि यहाँ खाने वस्तुको अभाव भएछ । त्यसपछि रावणले जमिनमाथि मकै र जमिनमुनि पिँडालु उत्पन्न गराइदिएछ । पछि सम्पूर्ण देवता र मानव मिली रावणको यो प्रयास असफल बनाउन कर्कलो सखाप पार्नतिर लागेछ । त्यसैक्रममा दशहराको दिन कर्कलोको तरकारी खाने, जनैपूर्णिमाको दिन (साराँ) कर्कलोको अचार खाने र यही मंसिर शुक्ल पूर्णिमाको दिन पिँडालु खानुलाई राक्षसको निर्मूल गरेको सरह मानिन्छ ।
यो पर्वको सुरुआतबारे अहिलेसम्म भेटिएको प्रमाण काठमाडौंको पशुपतिनाथ मन्दिरभित्र रहेको ताम्रपत्र हो । ने.स. ५६० माघको उक्त ताम्रपत्र तत्कालीन राजा यक्ष मल्ल र उनका भाइ जीव मल्लले आफ्ना दिवङ्गत माता संसारदेवीको नाममा वर्षभरि विभिन्न पूजापर्व उल्लेख गर्ने क्रममा कार्तिक शुक्ल पूर्णिमाको दिन पनि उल्लेख गरिएको छ । तर त्यहाँ सकिमना पूर्णिमा वा हरिमन्दि नभई जुधान पुन्हि उल्लेख छ । उक्त जुधान पुन्हिको खास अर्थ के हो स्पष्ट हुन सकेको छैन । उक्त दिन पिँडालु उसिनेर खाने चलन भएको कारण पछि गएर उक्त दिन सकिमना पुन्हिबाट प्रख्यात भएको हुनसक्छ । यसको प्रमाण ने.स. ८१८ को भूपतीन्द्र मल्लको भक्तपुर दरवार क्षेत्रको मालती चोकको अभिलेखबाट पुष्टि हुन्छ । उक्त अभिलेखमा यो दिनलाई सकिमना पुन्हि भनी किटान गरिएको छ । यस दिन भक्तपुर नगरभरिझैं नसा ब्वयेगु देख्न सकिन्छ । यसमा टौमढीको भैरवनाथ मन्दिर अगाडिको बिस्केटको झलक दिने चित्र अति आकर्षक हुन्छ । त्यस्तै दत्तात्रय मन्दिर, वाकुपतिनारायण मन्दिर, ब्रह्मायणी द्यःछेँ, बाराही द्यः छेँ, गःहिटी गणेश, तलेजु, चोछँे गणेश आदि स्थानहरूमा नसा ब्वयेगु देख्न सकिन्छ । यसमा पनि आजभन्दा ३५ वर्ष अगाडि परलोक हुनुभएका गःहिटीका स्व.अमृतेश्वरलाल धौभडेलले बनाउने गःहिटीको पाताल गणेशको जस्तो चित्र अहिलेसम्म नपाएको बुढापाकाहरू बताउँछन् । यसबाट उनी एक सिद्धहस्त कलाकार भएको देखिन्छ । सकिमना पुन्हि देवदेवीको हुबहु चित्र बनाउने एउटा महत्वपूर्ण दिन हो । आज पनि भक्तपुरको टोलटोलमा एकभन्दा अर्को राम्रा यस्ता कलाकारिता देख्न सकिन्छ । यो पर्व भोजभतेर खानुभन्दा राम्रा कलाकारिता प्रदर्शन गर्ने दिन हो ।
यस दिन भक्तपुर तलेजुभित्र सकिमना पुन्हि मनाउने क्रममा तलेजुभवानीलाई खीर चढाउने गरिन्छ । साथै तलेजु मूलचोकको स्नेह मण्डपमा नसा ब्वयेगु गरिन्छ । जहाँबकुलाको आकृति बनाइन्छ । यता टौमढी टोलको भैरवनाथ मन्दिरको प्राङ्गणमा बनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको झझल्को दिने भैरवनाथको रथ र योसिंको आकृति अत्यन्त हेर्नलायकको हुन्छ ।
यस दिन भक्तपुरको यातु महादेव स्थान, आशापुरे महादेवस्थानमा ठूलो मेला लाग्छ । यसमा पनि यातु महादेवस्थानको मेला विशेष मानिन्छ । यातु महादेवको वास्तविक नाम निष्कलङ्केश्वर महादेव हो ।
Leave a Reply