नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
– गोपाल नगरकोटी
गणतन्त्र घोषणा भएको १० वर्षभन्दा बढी भयो । तर गणतन्त्र घोषणाको १० वर्षपछि पनि गणतन्त्रात्मक गतिविधिभन्दा राजतन्त्रात्मक संस्कार र संस्कृतिले नै ठाउँ पाइरह्यो । राजतन्त्रका राजा र गणतन्त्रका राष्ट्रपति एउटै होइनन् । ती दुई पद छुट्टाछुट्टै व्यवस्थाका गरिमामय पद हुन् । पहिले राजा कतै सवारी हुँदा जस्तो क्रियाकलाप हुन्थ्यो, त्यस्तै राष्ट्रपतिको बन्दोबस्तमा पनि भइरहेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसदमा पुग्न बडो तामझामको व्यवस्था गरिएको थियो । के संसदमा पुग्न राणा, राजा या कुलीन परिवारमा बुहारी भित्याउने बेलामा झैं तामझामको व्यवस्था गर्नुपथ्र्यो ? के घोडाले तान्ने रथकै उपयोग गर्नुपथ्र्यो ?
दसैंमा टीका लाउने कामलाई पनि राष्ट्रपतिले राजाकै कामलाई अनुकरण गरे । राष्ट्रपतिकहाँ टीका लाउन सामान्य कर्मचारीदेखि प्रधानसेनापतिसम्म किन पुग्नुप¥यो ? साधारण नागरिकदेखि प्रधानन्यायाधीशले किन राष्ट्रपतिकै टीका लाउनुप¥योे ? टीका लाउने कामलाई आफ्नो परिवार या नातागोताबीच मात्र सीमित गर्दा के भयो र ! प्रधानसेनापति, प्रधानन्यायाधीश, मन्त्री, सभामुख, सांसद, उच्चपदस्थ कर्मचारीहरूलाई कस्तो फसाद ! राष्ट्रपतिको हातबाट टीका नलाए निमन्त्रणा अस्वीकार ग¥यो भनेर एक्सन लेला कि भन्ने पीर बोकेर तिनीहरु टीका थाप्न जान बाध्य थिए । टीका थाप्ने काम नै नगरिएको भए त्यस्तो कुनै झन्झट हुँदैनथ्यो । अतः स्वस्ति गराउन, आफूसामु घुँडा टेकेर टीका थापेबापत आशीर्वाद पाउन शीतल निवास पुग्नैपर्ने बाध्यताको अन्त्य कहिले हुने ?
के भोटो जात्रा देखाउन राष्ट्रपति ललितपुर पुग्नैपर्ने ? राष्ट्रपति हनुमानढोका नपुगिकन के इन्द्रजात्रा सम्पन्न हुँदैन ? राष्ट्रपतिले नवदुर्गा द्योछेँमा नवदुर्गा गणहरूको दर्शन नगरी दसैं सकिँदैन ? अनि राष्ट्रपति विद्यालय, सङ्घ संस्थामा गएर उद्घाटन गर्ने, पुरस्कार वितरण गर्नेजस्ता स–साना कार्यक्रममा किन सरिक हुनुप¥र्यो ? होम, यज्ञ र अन्य पूजापाठका कार्यक्रममा पनि राष्ट्रपति सरिक हुनु कति सुहाउने हो ? राष्ट्रपतिले नै देशमा गणतन्त्रको अनुभूति दिने काम थालनी गर्नु बुद्धिमानी हुनेछ । नत्र श्रीपेच लाउने राजा र नलगाउने राष्ट्रपतिबीचको अन्तर के ?
Leave a Reply