यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
हवाना, २३ नोभेम्बर । ब्राजिलका विभिन्न क्षेत्रमा कार्यरत ८ हजार ३ सय क्युवाली चिकित्सकहरू बिहीबार स्वदेश फर्कंदैछन् । ब्राजिलमा हालै निर्वाचित दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले ब्राजिलमा रहेका सबै क्युवाली चिकित्सकलाई फर्काउने घोषणासँगै समाजवादी देश क्युवाको सरकारले आफ्ना सबै चिकित्सक फिर्ता बोलाएको हो । ती चिकित्सकहरू ब्राजिलको सबभन्दा विपन्न र विकट क्षेत्रमा सेवारत थिए । विश्व स्वास्थ्य सङ्गठनको रोहवरमा ब्राजिल र क्युवा सरकारबीच भएको सम्झौताअनुसार नै क्युवाली चिकित्सकहरू त्यहाँ सेवारत थिए ।
क्युवाली चिकित्सकहरूलाई बस्ने र खाना बन्दोबस्त स्थानीय सरकारले बन्दोबस्त गर्ने गरेको छ । बाँकी बन्दोबस्त क्युवा सरकार स्वयंले गर्ने गरेको छ । गार्जियन अनलाइनका अनुसार चिकित्सकलाई दिइने २ हजार ४०० अमेरिकी डलर भत्तामध्ये ७५ प्रतिशत क्युवा सरकार आफैले बेहोर्ने गर्दछ ।
“क्युवाली चिकित्सकहरूले ब्राजिलमा सञ्चालित ‘मोर डाक्टर्स’ कार्यक्रमबारे बोल्सोनारोको ‘प्रत्यक्ष, दबाबमूलक र धम्कीपूर्ण’ अभिव्यक्तिको प्रतिक्रियामा हजारौं क्युवाली चिकित्सकहरू स्वदेश फर्कदैछन् ।”, क्युवा सरकारले बुधबार घोषणा गरेको थियो ।
पहिलो चरणअन्तर्गत स्वदेश फर्केका १९६ जना क्युवाली चिकित्सकहरूलाई हवाना विमानस्थलमा क्युवाली स्वास्थ्य मन्त्रीले स्वागत गरेका थिए ।
क्युवाली चिकित्सक टोलीका एक जना नेता रेग्ला अन्गुलोले आफ्नो स्वदेश फिर्ताबारे भने, “स्वदेश फिर्तीलाई चिकित्सकहरूले स्वागत गरेका छन् किनभने सिद्धान्त र आत्मसम्मानमा कहिल्यै सम्झौता हुनसक्दैन ।” स्वदेश फर्केका चिकित्सकहरू आफ्नो मिसन पूरा भएकोमा खुसी छन् तर उनीहरूले नयाँ निर्वाचित राष्ट्रपतिको शासनकालमा आफूले सेवा गर्दै आएका ब्राजिलका जनताको हालत के होला भन्ने विषयमा चिन्ता व्यक्त गरे ।
क्युवाली चिकित्सकको स्वदेश फिर्ताले ब्राजिलको जनस्वास्थ्य सेवामा ठूलो प्रभाव पार्ने ब्राजिलका स्थानीय जनताले बताएका छन् । उत्तरपूर्वी ब्राजिलका मारानहाओ राज्यका स्वास्थ्य सचिवले त्यसको प्रभाव भयावह हुने बताएका छन् । उनको राज्यमा मात्र ४ सय ७१ जना क्युवाली चिकित्सकहरू कार्यरत थिए ।
ब्राजिलमा क्युवाली चिकित्सकहरूले सन् २०१३ को अगस्टदेखि सेवा गर्न थालेका हुन् । त्यत्तिबेला ब्राजिलमा डिल्मा रुसेफ नेतृत्वको वामपन्थी सरकार थियो । हालसम्म ब्राजिलमा १८ हजारभन्दा बढी क्युवाली चिकित्सकहरूले सेवा गरिसकेका छन् । त्यसबाट ६ करोड ३० लाख ब्राजिलका जनताले सेवा प्राप्त गरेको आधिकारिक तथ्याङ्क छ । क्युवाली चिकित्सकहरू आज पनि संसारका ६७ देशका जनताको सेवामा कार्यरत छन् । चिकित्सक पठाउने क्युवाको कूटनीतिलाई श्वेत कूटनीति पनि भनिएको छ ।
Leave a Reply