तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ८ मंसिर । “समाज परिवर्तनको लागि नयाँ विचार दिनसक्ने व्यक्ति युवा हुने गर्दछ” ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिको दोस्रो नगर सम्मेलनको उद्घाटन मन्तव्यमा व्यक्त गर्नुभएको हो ।
उहाँले माइकल लुकास, फिडेल क्यास्ट्रोको उदाहरण दिनुहुँंदै उमेरले भन्दा विचारले युवा हुने बताउनुभयो ।
सन् १७६० देखि १८३० सम्म पुँजीवादको उत्थान युरोपमा भएको र पुँजीपतिहरूले मजदुरलाई पशुसमान व्यवहार गर्ने गरेको चर्चा गर्नुहुंँदै सचिव सुवालले मजदुर आन्दोलनले मात्र उनीहरूको व्यवहारमा परिवर्तन आउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सन् १८८६ मा संरा अमेरिकाको शिकागो शहरमा मजदुरहरूले गरेको आन्दोलनको कारण ८ घण्टाको कामको समय निर्धारण भएकोले युवाहरूले विश्वका मजदुर आन्दोलनको अध्ययन गरेर समाजवादी आन्दोलनलाई अगाडि बढाउनु जरूरी छ ।’’
‘‘मान्छे जङ्गली अवस्थाबाट बाहिर आएको सातहजार वर्ष मात्रै भएको र परिवार, निजी सम्पत्ति, राज्यहुँदै समाज अगाडि बढेको हुँदा युवाहरूले कपोलकल्पित कुरामा विश्वास गर्नुहुन्न । भौतिकवादी नियमअनुसार कुनै पनि चिज स्थायी हुँदैन । माक्र्सवाद पँुजीवादको उत्थान, विकास र पतनको नियम भएको विज्ञानसम्मत सिद्धान्त हो ।’’ सांसद सुवालले भन्नुभयो ।
‘‘कुनै पनि राजनीतिक दल एउटा सिद्धान्त र दर्शनबाट प्रेरित भई समाज परिवर्तनको लागि क्रियाशील रहन्छ । बलियो राजनीतिक दलको अभावमा पेरिस कम्युन असफल भएको हो । नेमकिपा माक्र्सवाद–लेनिनवाद, माओ विचारधाराअनुसार समाजवाद स्थापनार्थ क्रियाशील छ’’, सांसद सुवालले भन्नुभयो ।
कार्ल माक्र्सलाई प्रतिक्रियावादीहरूले देशबाटै निकाला गर्नेसम्मको दुःख दिएको चर्चा गर्नुहुँदै उहाँले समाजवाद स्थापनार्थ सङ्घर्षशील नेमकिपालाई समाप्त पार्न शोषकहरूले षड्यन्त्र गरेको तथा गरिरहने हुँदा युवाहरू सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रूसमा मेन्सेविक पार्टीले सरकारमा गएर जनतालाई धोका दिएजस्तै नेपालमा पनि ०४६ सालको जनआन्दोलनपछि एमाले सरकारमा गएर भागबण्डामा फसेको र अहिले नेकपा नामधारी पार्टी पनि भारतको निर्देशनअनुसार सरकारमा गएर भ्रष्टाचारी र तस्करहरूको संरक्षक बनी समाजवादी आन्दोलनको बाटोमा तगारो बनेकोले यस्ता संशोधनवादी पार्टीहरूको विरूद्धमा पनि युवाहरूले सङघर्ष गर्नुपर्नेमा सांसद सुवालले जोड दिनुभयो ।
नेकपाका नेता केपी ओलीले महाकाली सन्धि, नाकाबन्दीको बेलामा भारत गएर झुकेको र भारतकै दबाबमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर्न संविधान संशोधन गरेर ३ वटा राष्ट्रघात गरी देश र जनताप्रति गद्दारी गरेकोले नेपाली जनताले यस्ता नेतालाई विश्वास गर्न नहुने उहाँले बताउनुभयो ।
उहाँले सरकार विकासको नाउँमा खोना र बोड्ढावासीको जमिनमा डोजर चलाएर आदिवासी जनजातिलाई उठिबास लगाउन लागिपरेको हुँदा जनता सचेत हुनुपर्ने पनि बताउनुभयो ।
सांसद सुवालले सुन तस्करीका ठूला माछा, निर्मला हत्याकाण्डका अपराधी, ठेकेदार र भ्रष्टाचारीहरूलाई संरक्षण गर्न कम्युनिष्ट नामधारी सरकार आफै लागिपरेकोले यो सरकार ठगहरूको घेरामा परेको बताउनुभयो ।
‘‘पुँजीवादमा महिलाहरूको पनि सम्मान नहुने हुभएकोले समाजवादी व्यवस्थाको निम्ति युवाहरू क्रियाशील रहनु आवश्यक छ’’, उहाँले भन्नुभयो ।
नेमकिपा भजिस अध्यक्ष न्हुछेभक्त फोँजूले नेकपाको नेतृत्वमा रहेको चाँगुनारायण नपाले ऐतिहासिक तथा पुरातात्विक महत्वको चाँगुनारायणको अस्तित्व समाप्त हुने गरी बालुवा खानी सञ्चालनको स्वीकृति दिने तयारी गरेकोले यसको विरोध गर्नुपर्ने बताउनुभयो ।
उहाँले नपाका मेयर सोमप्रसाद मिश्रले छालिङ गुडीगाउँ खानेपानी योजनामा हस्तक्षेप गरेर जनता भिडाउने काम गर्ने गरेको, नेपाल इन्जिनियरिङ कलेजको सञ्चालक समितिमा बसेर सार्वजनिक जग्गालाई निजी गराउन खोजेको, नगरकोटको ९ करोड उठ्ने पर्यटन शुल्कमा ५१ लाखमा ठेक्का दिएर भ्रष्टाचार गरेकोलगायतका गलत गतिविधिमा संलग्न भएर नगरवासीलाई धोका दिएको हुँदा यसको विरूद्धमा जनता जाग्नुपर्ने बताउनुभयो ।
नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशव प्रसाद तिमल्सेनाले पार्टीले समाजवादी गणतन्त्रको नारा देशैभरि फैलाइरहेको अवस्थामा युवाहरू झन सक्रियताकासाथ अगाडि बढ्नु जरूरी रहेको बताउनुभयो ।
सम्मेलनको बन्दसत्रमा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजुले माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त, प्राध्यापक समाज नेपालका प्रकाशकुमार श्रेष्ठले मानव समाजको विकास र इन्जिनियर समाज नेपालका नरेश खत्रीले कम्युनिष्ट घोषणापत्रको बारेमा प्रशिक्षण दिनुभयो ।
आयोजक समितिका अध्यक्ष श्रीकृष्ण थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मिनबहादुर बाटा, नेक्रायुसङ्घ भजिसका उपाध्यक्ष राजकुमार लघु, नेक्रायुसङ्घ भनसका गोपालकृष्ण गोसाइँ, ज्ञानकृष्ण अवाल, लक्ष्मीनारायण लिगललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको बन्दसत्रले राजेन्द्र साखकर्मीको नेतृत्वमा २३ सदस्यीय नेक्रायसङ्घ चाँगुनारायण नगर समिति गठन ग¥यो ।
Leave a Reply