तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडांै, ८ मंसिर । नेपाल मजदुर किसान पार्टी काठमाण्डौ जिल्ला समितिको आयोजनामा नेमकिपाको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ८, अड्ढ २१ को अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रमका सभापति एवं नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाले सैद्धान्तिक अध्ययनको दायरा बढाउन तथा जनतालाई राजनीतिकरूपले सचेत बनाउन पार्टी प्रकाशनलाई महत्व दिएकोले अन्तरक्रिया कार्यक्रमलाई नियमित गर्दै जाने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य सनकमान महर्जनले कर्मचारीले समेत आफूलाई नटेरेको गुनासो गर्दै हिँड्ने नक्कली कम्युनिष्टको वर्तमान ओली सरकार देश जोगाउन पूर्ण असफल भएको चर्चा गर्नुभयो ।
उहाँले केही जनविरोधी सरकारी प्रतिनिधिहरूले नेमकिपालाई भक्तपुरको विकासविरोधी भनी आरोप लगाएकोमा खण्डन गर्नुहुँदै बाँकी ७६ जिल्लामा सरकारले के–कति विकास ग¥यो सोको पारदर्शी विवरण उपलब्ध गराउन जनताले माग गरिरहेको बताउनुभयो ।
योजनाविना सरकारमा जानेहरू पदीय भागबण्डामा अलमलिएकाले जनता झुक्याउन विकास र समृद्धिका नारामात्र अगाडि बढाएको उहाँले स्पष्ट पार्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले कार्यकर्ताहरू सैद्धान्तिकरूपमा पोख्त हुनुपर्ने भएकोले अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अध्ययनमा पछाडि पर्नेहरू सिद्धान्तमा कमजोर हुन्छन् । जनतालाई सचेत र सङ्गठित गरी राजनैतिकरूपमा सुसंस्कृत गर्ने उद्देश्यसाथ नेमकिपाले पार्टी प्रकाशनलाई जोड दिँंदै आएको छ ।’’
बहुसङ्ख्यक मजदुर–किसानहरू राजनीतिक र वैचारिकरूपमा सचेत नभएसम्म क्रान्ति हुन नसक्ने स्पष्ट पार्नुहुँदै उहाँले जनतालाई सचेत बनाउने काममा कार्यकर्ताहरू खट्नुपर्छ भन्नुभयो ।
प्रदेशसभा सदस्य गोसाईंले भन्नुभयो, ‘‘सैद्धान्तिक र वैचारिक आन्दोलनमा नेमकिपाको भूमिका बेजोड छ । ठूला भनिने पार्टीहरू कम्युनिष्टको खोल ओढी पुँजीवादमा फसेको बेला समाजवादबारे जनतालाई सचेत बनाउने नेमकिपाले काम गर्दै आएको छ । पुँजीवादी सत्तामा रमाउनु नेमकिपाको उद्देश्य होइन । जनतामा क्रान्तिकारी भावना विकास गर्ने लक्ष्यसहित नेमकिपा अगाडि बढिरहेको छ ।’’
नेमकिपाले संसद्मा मात्र होइन विचार र सिद्धान्तमा पनि प्रतिपक्षको भूमिका निभाइरहेको स्पष्ट पार्नुहुँदै उहाँले भन्नुभयो, ‘‘माक्र्सवादी नेताहरूविरूद्ध गर्ने दुस्प्रचारबारे जनतालाई सचेत गराउन नेमकिपाले प्रकाशनलाई जोड दिंदै आएको छ । ‘गुप्त दस्तावेजहरू’ को प्रकाशन त्यसको एउटा राम्रो उदाहरण हो ।’’
देशमा नक्कली कम्युनिष्टहरूले शासन गरिरेहकाले ती पार्टीहरूबाट मौलिक परिवर्तन नहुने ठोकुवा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘नेकपा नक्कली कम्युनिष्ट हो । तिनीहरूले जनतालाई ठग्नेबाहेक केही गरिरहेको छैन । तिनीहरू विर्सजनवादी हुन् ।’’
नेमकिपा काठमाण्डौ जिल्ला समितिका सचिव राजवीर डंगोलले पनि बोल्नुभएको कार्यक्रममा उपस्थित सदस्यहरूले पत्रिकाबारे आ–आफ्नो बुझाइ र धारणा राख्नुभएको थियो ।
Leave a Reply