तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कोहलपुर, ८ मंसिर । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा जिल्ला सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला अध्यक्ष गोमादेवी शाहीको निधनमा शनिबार कोहलपुरमा श्रद्धाञ्जलीसभा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं ६ नं प्रदेश समितिका संयोजक हरिसुन्दर वासीले गोमादेवी शाहीले पार्टीको विचार प्रचार गर्न र सङ्गठन विस्तारमा टेवा पु¥याउन विभिन्न कोणबाट सहयोग गर्नुभएको स्मरण गर्नुभयो ।
नेमकिपाको सिद्धान्तअनुसार वर्गीय आन्दोलन अगाडि बढाउन गोमादेवी शाहीले गरेको योगदान पार्टीले कदर गर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका उपाध्यक्ष नर्मा गुरूङले महिला मुक्ति आन्दोलनलाई उचाईमा पु¥याएरमात्र गोमादेवी शाहीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाही, बर्दिया जिल्ला अध्यक्ष हरिलाल न्यौपाने, कैलाली जिल्ला अध्यक्ष रमेश रावल, दैलेखका निरकबहादुर शाही, सुर्खेतका धनेन्द्र विक, अछामका वीरेन्द्र शाही, नेक्रामसङ्घ बाँकेका कोकिला शाही र गोमादेवी शाहीका पति अञ्जिरबहादुर शाहीले श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार लिलाराज शाही, मितेरी सहकारीका डिबी रावत, महिला सञ्जालका बालकुमारी आचार्य, कोहलपुर खानेपानी तथा सरस्वति वन उपभोक्ता समितिका नरबहादुर मल्ल, अमर मिलन सहकारीका दीपबहादुर शाही, दैलेखी एकता समाजका भरत कठायत, प्रकाश शाहीलगायतले श्रद्धाञ्जली दिनुभयो ।
Leave a Reply