भर्खरै :

लक्ष्मी र शिवानी अन्तिम चरणमा

काठमाडाँै, ९ मङ्सिर : प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ अन्तिम चरणमा प्रवेश गरेका छन् ।
शनिबार भएको महिला यु २४ को ५७ केजी तौल समूहमा अल्फाकी लक्ष्मी घर्तीमगरले भक्तपुरकी पुनम कर्माचार्यलाई तथा नक्सालकी शिवानी श्रेष्ठले बानुजकी विभासा श्रेष्ठलाई ३–२ अङ्कको आधारमा पराजित गर्दै अन्तिम चरणमा प्रवेश गरेका हुन् । त्यसैगरी पुरुष यु २४ अन्तर्गत ४९ केजी तौल समूहमा काठमाडाँै बक्सिङ्ग क्लबका दीपेश राई र सुनसरीका विशाल राई अन्तिम चरणमा प्रवेश गरेका छन् । पुरुष ५२ केजी तौल समूहमा ललितपुरका बुद्ध ग्याम्जो लामा र सेन्ट्रल बक्सिङ्गका जीवनकुमार पुन उपाधिका लागि प्रतिस्पर्धी भएका छन् ।
छपन्न केजी तौल समूहमा कास्कीका पुरन रास्कोटी र भक्तपुरका सुजन पौडेल पनि अन्तिम चरणका लागि प्रतिस्पर्धी भएका बनेका छन् । पुरुष ६० केजी तौल समूहमा रोल्पाका दिलबहादुर घर्तीमगर र नक्सालका मौसम रानामगर पनि आ–आफ्नो खेल जित्दै अन्तिम चरणमा प्रवेश गरेका छन् । त्यसैगरी ६४ केजी तौल समूहमा कास्कीका पवन गुरुङ र नक्सालका विवेक वीर गुरुङ, ६९ केजी तौल समूहमा जिमखानाका अनमोल घले र रेजका कोशिष श्रेष्ठ, पुरुष ७५ केजी तौल समूहमा टिकाथलीका प्रिन्स खड्का र पाटनका सुमन महर्जन पनि अन्तिम चरणमा प्रवेश गरेका छन् ।त्यस्तै महिला यु १९ अन्तर्गत ४८ केजी तौल समूहमा अल्फाकी सुशीला थापा र नक्सालकी रमिसा श्रेष्ठले आप्mना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम चरणको यात्रा तय गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *