सामाजिक सञ्जाल अन्यायको विरोध गर्ने ठाउँ पनि हो
- भाद्र २२, २०८२
भक्तपुर, ९ मंसिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १७ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १० औँ वार्षिकोत्सवको अवसरमा आइतबार कलेजका विद्यार्थीहरूबीच हुने रोबोटिक्स प्रतियोगिता भयो ।
प्रतियोगिता उद्घाटन गर्नुहुँदै कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूको शैक्षिकस्त्तर वृद्धि गर्न त्यस्ता कार्यक्रमहरू गरिराख्नुुपर्ने बताउनुभयो । प्रतियोगितामा ीष्लभ त्चबअपष्लन च्यदयत मा ३७ वटा, ःबलगब िब्पजबमब च्यदयत मा २६ वटा र ब्गतयmबतष्अ ब्पजबमब च्यदयत मा १४ वटा विद्यार्थी समूहले भाग लिएको कलेजले जनाएको छ ।
सोही दिन कलेजमा कार्यरत कर्मचारीहरू एवं प्रयोगशाला सहायकको बढुवापत्र एवं नयाँ नियुक्त शिक्षकहरूलाई नियुक्तिपत्र दिने कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले अनुभव र अध्ययनबीचको तुलना गर्दा अनुभव महत्वपूर्ण हुन्छ भन्नुभयो ।
उहाँले कार्य क्षमताको आधारमा बढुवा, नियुक्ति तथा सरूवा हुनु राम्रो पक्ष भएजस्तै काम नगर्ने शिक्षक कर्मचारीहरू दण्डको भागीदार पनि हुन्छ, शिक्षक कर्मचारीहरू सुविधामुखीमात्र बन्नुहुन्न र अधिकारको साथै आफ्नो कर्तव्य तथा जिम्मेवारी अझ राम्रोसँग पूरा गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले १०० शैय्याको अस्पताल बनाउन लागिपरेको बताउनुहुँदै उहाँले अरूले गर्न नसकेको काम गरेर उदाहरणीय काम गर्न सक्षम हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल, उपप्राचार्यद्वय ई. रवीन्द्र फोजू, ई. रत्नशोभा प्रजापति र प्रशासन प्रमुख सञ्जय मानन्धरलगायतले बोल्नुभएको थियो ।
Leave a Reply