भर्खरै :

सांस्कृतिक गुरुको भेला

भक्तपुर, ९ मंसिर । भक्तपुर नगरपालिकाले आइतबार सांस्कृतिक गुरूहरूको भेला ग¥यो ।
नगरपालिकाको सभाकक्षमा भएको उक्त भेलामा नगर प्रमुख सुनिल प्रजापतिले जनताको सल्लाह, सुझाव र चुनावमा व्यक्त गरेको प्रतिबद्धताअनुसार नगरपालिकामा काम भइरहेको बताउनुभयो ।
पैसाभन्दा प्रतिष्ठा ठूलो हुने चर्चा गर्नुहुँदै उहाँले संस्कृतिकर्मीहरू समाजका सम्मानित व्यक्तित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आफूमा भएको सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न सके संस्कृति जोगिन्छ ।’’
सफा र उदाहरणीय नगर बनाउन नगरवासीको सहयोग र सुझाव अपरिहार्य भएको विचार राख्नुहुँदै प्रमुख प्रजापतिले नगरको विकास निर्माण कार्य गुणस्तरीय र कम लागतमा समयमै सम्पन्न गर्ने उद्देश्यले टोल टोलमा उपभोक्ता समिति गठन गरी कार्य भइरहेको छ भन्नुभयो ।
सीपयुक्त व्यक्ति कहिल्यै भोको बस्न नपर्ने भएकोले नगरपालिकाबाट युवाहरूलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
नगरपालिकाको आयोजनामा धाँ बाजा र लालाखिँ बाजाको प्रतियोगिता गर्ने योजना सहित कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, राजकृष्ण गोरा र लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *