भर्खरै :

६४ प्रतिशत दक्षिण कोरियाली प्रजग कोरियामाथि नाकाबन्दीको विपक्षमा

सिओल, २७ नोभेम्बर । मङ्गलबार सार्वजनिक एक सर्वेक्षण नतिजाअनुसार दक्षिण कोरियाका १० मध्ये ६ जना सर्वसाधारण प्रजग कोरियामाथि लगाइँदै आएको नाकाबन्दी हटाउने पक्षमा छन् । कोरिया प्रायःद्विपको आणविक निःशस्त्रीकरण र दिगो शान्तिको लागि उनीहरूले यस्तो धारणा राखेको सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको सल्लाहकार संस्था राष्ट्रिय एकीकरण सल्लाहकार परिषद्ले गरेको सर्वेक्षणले ६४ प्रतिशत दक्षिण कोरियाली जनता प्योङयाङमाथिको नाकाबन्दी हटाउने पक्षमा छन् ।
नाकाबन्दी अन्त्यको पक्षमा उभिएका कूल जनताको आधा जनसङ्ख्या ३२ प्रतिशत भने नाकाबन्दीलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । गएको शुक्रबारदेखि आइतबारसम्म कूल एक हजार मानिससँगको प्रश्नोत्तरको आधारमा त्यस्तो नतिजा निकालिएको हो । अन्तरकोरियाली सैनिक सहमति कार्यान्वयनले दुई कोरियाबीच सैनिक तनाव कम गर्न र आपसी सम्बन्ध बलियो बनाउन सहयोग गर्ला वा नगर्ला भनी सोधिएको प्रश्नमा ६१ प्रतिशतले सक्छ र ३४.९ प्रतिशतले सक्दैन भनी जवाफ दिएका थिए । गएको सेप्टेम्बरमा सम्पन्न दुई कोरियाका शीर्ष नेताहरूबीचको भेटवार्ताका क्रममा दुई कोरियाबीच सैनिक सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *