ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
–कुमार चौलागाईं
काठमाडौँ, १२ मङ्सिर (रासस) ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले अङ्क बाँडेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो खेलमा दुवै टोलीले तीन÷तीन गोलको बराबरी खेलेका हुन् । निकै प्रतिष्पर्धात्मक देखिएको खेलमा जावलाखेलका लागि अरुज सिंह, फाडो फोफाना र सुमन डँगोलले एक एक गोल गरे । फ्रेन्ड्सका लागि विकास लामा, फोफाना ब्राहिमान र धिरज श्रेष्ठले एक एक गोल गरे ।
खेलमा शुरुआती अग्रता खेलको २६ औं मिनेटमा विकासको गोलमार्फत फ्रेन्ड्सले १–० को अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका अरुजले गोल गर्दै जावलाखेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो खेलमा एक÷एक गोलको बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा थप दुई दुई गोल गरे ।
खेलको ४७ आँै मिनेटमा विदेशी खेलाडी फोफानाले गोल गर्दै जावलाखेललाई २–१ को अग्रता दिलाए । खेलको ५२ औँ मिनेटमा सुमन डँगोलले गोल गर्दै जावलाखेललाई ३–१ स्थितिमा ल्याए । तर फ्रेन्ड्स खेलको ६८ औँ मिनेटमा ब्राहिमानले गोल गर्दै खेल ३–२ मा ल्याए । त्यसपछि खेलको ८२ औँ मिनेटमा फ्रेन्ड्सका धिरजले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।
दुवै टोली लिगको पुछारका टोली हुन् । यअसघि खेलको सबै खेलमा पराजित दुवै टोलीले आजको बराबरीसँगै अङ्क तालिकामा एक÷एक अङ्क बनाएका छन् । जावलाखेल लिगको १३आँै र फ्रेण्ड्स १४औँ स्थानमा छ । यसैबीच आज चौथो चरणका खेलहरू सकिएका छन् । पाँचौ चरणका खेल यही मङ्सिर १४ गतेदेखि हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित
आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिगमा १२ अङ्क जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ । समान १० अङ्क नै जाडेको त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे । खेलको पहिलो हाफको २१ औँ मिनेटमा हिमालयन शेर्पाका आशिषले हेडमार्फत गोल गर्दै पहिलो अग्रता लिए ।
खेलको पहिलो हाफसम्म १–० ले अगाडि रहेको हिमालयन शेर्पाले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८९ औँ मिनेटमा हिमालयन शेर्पाका कर्णले विजयी गोल गरे । पराजित मछिन्द्र क्लबको दुई अङ्क छ ।
मनाङ् लिगको शीर्ष स्थानमा यथावत
चौथो चरणका खेलहरु समाप्त हँदासम्म जारी लिगमा शत प्रतिशत नजिता निकाल्दै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा छ । मनाङले् लिग खेलको चारैवटा खेल जित्दै १२ अङ्का साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ ।
त्यसैगरी तीन खेलमा जित तथा एकमा बराबरी नतिजासहित त्रिभुवन आर्मी क्लब १० अङ्कसहित अङ्कतालिकाको दोस्रो स्थानमा छ । सोही नतिजा निकालेको हिमालयन शेर्पा पनि १० अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
चार खेल खेलेको थ्रीस्टार तीन खेलमा जित तथा एकमा पराजित हुँदै नौ अङ्कका साथ चौथो तथा सोही नतिजा निकालेको सङ्कटा क्लब पनि नौ अङ्कसहित तालिकाको पाँचौ स्थानमा छन् । त्यसैगरी चार खेल खेलेको नेपाल पुलिस क्लब दुईमा जित, एकमा बराबरी र एकमा पराजित हुँदै सात अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा रहँदा सरस्वति क्लब दुई खेलमा जित तथा दुई खेलमा पराजित हुँदै छ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

यसैगरी च्यासल युथ क्लबले खेलका चार खेलमध्ये एकमा जित, दुई हार र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको आठौँ र सोही नतिजा निकालेको एपिएफ पनि चार अङ्कका साथ नवौँ स्थानमा छ । यस्तै चार खेलबाट एकमा जित र तीन हारका साथ ब्रिगेड ब्वाइज १० औँ, दुईमा जित तथा दुईमा बराबरी खेलको मछिन्द्र क्लब ११ औँ, तीनमा पराजित र एक खेलमा बराबरीका साथ तीनमा पराजित हुँदै १२औँ, तीन खेलमा पराजित तथा एकमा बराबरीका साथ फ्रेन्ड्स १३ औँ र सोही नतिजासाथ न्युरोड टीम एनआरटी १४औँ स्थानमा छन् ।
Leave a Reply