तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १२ मंसिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिले सङ्घको स्थापना दिवसको अवसरमा बुधबार जिल्लास्तरीय मजदुर भेला ग¥यो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सन् १८७१ र १९१७ को मजदुरहरूको आन्दोलनबाट पुँजीपति वर्गको सत्ता फालिएको उदाहरण दिनुहुँदै युरोपका विभिन्न देशमा भएका मजदुर आन्दोलनबारे जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मजदुरहरूले अध्ययनलाई जोड दिंदै सांस्कृतिक स्तर उठाउनु आवश्यक छ । कार्यकर्ताहरू कुनै पनि दुव्र्यसनमा फस्नुहुँदैन ।’’
बेलायतको मेसिनविरोधी आन्दोलनबाट पाठ सिकेर पुँजीपति वर्गविरूद्ध सङ्गठित आन्दोलनको रूप लिएको इतिहासबारे चर्चा गर्नुहुँदै सचिव सुवालले बोल्सेभिक पार्टीको सही नेतृत्वका कारण रूसमा समाजवादी आन्दोलन सफल भएको हो भन्नुभयो ।
हाम्रो देशमा पँुजीवादी सत्ताकै लागि मरिहत्ते गर्ने एमाले र माओवादीकै कारण कम्युनिष्ट आन्दोलन पछाडि परेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले अक्टोवर समाजवादी क्रान्तिको शिक्षा र महत्व आज पनि उत्तिकै सान्दर्भिक छ भन्नुभयो ।
अक्टोवर क्रान्तिले चीन, भारत, कोरियालगायत देशमा मजदुर सङ्गठनहरूलाई जगाएको छ भन्नुहुँदै उहाँले नेपालका मजदुर नेताहरू ट्रेड युनियनवादमा फसेकै कारण आन्दोलन उठ्न नसकेको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको सो भेलामा सङ्घका रमेश दुमरू, विष्णुराम दुमरू, विक्रम ढुकुछूलगायतले विभिन्न क्षेत्रका मजदुरहरूको समस्याबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply