तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १२ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ ते¥हौँ भक्तपुर नगर सम्मेलन तयारी समितिको आयोजनामा बुधबार विद्यार्थी भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले समाज दिनप्रतिदिन पुँजीवादमा फस्दै गएकोले विद्यार्थीहरू सचेत भई समाजवादी प्रचार अभियानमा सरिक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले नेपालको भूभाग भारतीय विस्तारवादले मिचिरहेको जानकारी गराउनुहुँदै विद्यार्थीहरू सार्वभौमिकता रक्षाको लागि निरन्तर लागिरहनुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले विद्यार्थी जीवनदेखि नै राष्ट्रिय, अन्तर्राष्ट्रिय र सामाजिक विषय अध्ययन गर्दै सङ्गठित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति राजन अवालले नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने जानकारी दिनुभयो ।
Leave a Reply