तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १२ मंसिर । सङ्घीयता जातीय र क्षेत्रीय द्वन्द्व निम्त्याउन नभई सन्तुलित विकासको लागि हो । सङ्घीयतालाई देश टुक्रिने अवस्थामा पु¥याउनुहुँदैन ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले नेमकिपा चाँगुनारायण नगरापालिका वडा नं. ६ नगरकोटद्वारा आयोजित जनतासँग सांसद कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले नेपालमा १२५ जाति र भाषाभाषी रहेको चर्चा गर्दै सबैको भाषा, संस्कृति, सम्पदा जोगाउन सरकारले उचित ध्यान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले देशको भौगोलिक अखण्डताको निम्ति हिमाल, पहाड, तराई रहने गरी प्रदेशको सिमाङ्कन गर्न संविधान संशोधन गर्नु जरुरी रहेको बताउनुभयो ।
सांसद सुवालले शासक दलहरूको अकर्मण्यताको कारण देश खाद्यान्न, पेट्रोलियम पदार्थलगायत वस्तुमा भारत निर्भर हुँदै गइरहेको बताउनुभयो । उहाँले नेपाल भारतबीच खुला सिमाना रहेको स्थितिमा जन्मको आधारमा नागरिकता वितरण गरिएको छानबिन गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रजग कोरियाले साम्राज्यवादी अमेरिकालाई चुनौती दिंदै आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।
कार्यक्रममा सांसद सुवालले नाकावन्दीको बेलामा काङ्ग्रेस, एमाले, माओवादी भारतको सामु लम्पसार परेको तर नेमकिपाले देशको सार्वभौमिकताको पक्षमा संसद् र सदनमा दृढतापूर्वक सङ्घर्ष गरेकोे बताउनुभयो ।
उहाँले कम्युनिष्ट नामधारी सरकार वाइडबडी काण्डका भ्रष्टाचारी, निर्मला हत्याकाण्डका अपराधी, भ्रष्टाचारी र ठेकेदारलाई संरक्षण गर्न लागिपरेकोले जनता सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भजिसका अध्यक्ष न्हुछेभक्त फोंजुले सरकारले पूर्वाधारविना नगरपालिका घोषणा गरेकोले अहिले जनतामा करको भार वृद्धि भई दुःख आइपरेको बताउनुभयो । उहाँले विकास निर्माणको काम जनताकै सक्रियतामा गर्नुपर्नेमा चाँगुनारायण नपा ठेकेदार पोस्ने काममा लागेको बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित सांसदहरूले विगत २५ वर्षदेखि सांसद विकास कोषको रकम भक्तपुर नपामा खर्च नगरी गाउँमा खर्च गरेर गाउँको विकासमा ध्यान दिएको बताउनुभयो । कार्यक्रम नेमकिपा चानपा ६ वडा समितिका शंखबहादुर थिङको सभापतित्वमा सम्पन्न भएको थियो ।
Leave a Reply