ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
काठमाडौं, १३ मंसिर । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब एउटै सङ्कायसँग मिल्दो विषय अर्को सङ्कायमा दोहोरिने भएपछि पढ्न नपर्ने भएको छ ।
त्रिविले ‘क्रेडिट ट्रान्सर्फर पोलिसी’ ल्याएर अब एउटा सङ्कायबाट पास गरेको विषय विद्यार्थीले पुनः फरक सङ्कायको पाठ्यक्रममा भए पनि पढ्न नपर्ने गरी नीति ल्याउन थालेको छ ।
त्रिविले एउटा विषय फरकफरक सङ्कायमा रहेको विषय एक पटक विद्यार्थीले पास गरेपछि अर्को सङ्कायमा त्यही विषय पुनः नपढ्ने गरी नीति ल्याएको त्रिविका योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिविले यसै वर्षदेखि उक्त पोलिसी लागू गर्नेछ । त्रिविमा अनुसन्धान विषय मानविक र व्यवस्थापनमा कानुन विषयमा व्यवस्थापन र कानूनमा, गणित विषय मानविकी, व्यवस्थापन र विज्ञान सङ्कायमा दोहोरिने गर्दछन् ।
“एक पटक एउटा सङ्काय वा तहमा पास गरिसकेको विषय अर्को सङ्कायमा विद्यार्थीले पढ्न खोज्दा सोही विषय दोहरिएका हुन्छन्”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई एक पटक पास गरिसकेपछि फेरि पनि सोही विषय पढ्न नपर्नका लागि ‘क्रेडिट् ट्रान्सर्फर पोलिसी’ ल्याउन थालेका हौं ।”
त्रिविले ७०–८० प्रतिशत मिल्ने विषयमा एक पटक पढिसकेपछि पुनः अर्को पटक पढ्न नपर्ने व्यवस्था गरेको छ ।
थोरै विद्यार्थी भएका कार्यक्रमलाई गाभ्ने
यसैगरी त्रिविले विद्यार्थी सङ्ख्या थोरै भएका कार्यक्रमलाई गाभ्ने भएको छ । त्रिविले निजी तथा सरकारी क्याम्पसमा कम विद्यार्थी सङ्ख्या भएका कार्यक्रमलाई गाभ्ने भएको हो ।
विद्यार्थी सङ्ख्या थोरै भएका कार्यक्रमलाई नजिक कार्यक्रम सञ्चालन भइरहेका क्याम्पसमा गाभ्ने भएको हो । एउटा कार्यक्रममा न्यूनतम १० भन्दा कम विद्यार्थी भएकोमा गाभ्ने निर्देशनालयका कार्यकारी निर्देशक पोखरेलले जानकारी गराउनुभयो ।
“विद्यार्थी सङ्ख्या थोरै भएका कार्यक्रममा सञ्चालन गर्दा खर्चिलो हुने भयो” उहाँले भन्नुभयो, “त्यस्ता थोरै विद्यार्थी भएका कार्यक्रममा प्राध्यापक र विद्यार्थी त्यस्तै कार्यक्रम सञ्चालन भएका नजिकको क्याम्पसमा जान्छन् ।”
Leave a Reply