ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
संरा अमेरिका जाने भनी आ–आफ्ना देशबाट ठूलो सङ्ख्यामा हिंडेका मध्य अमेरिकी देशका जनता बसेको मेक्सिकोको तिजुआनास्थित शिविरभित्रै भारी वर्षाका कारण जलमग्न भएपछि सुरक्षित स्थानमा जाँदै आमा–छोरी । साँघुरो ठाउँमा ६ हजारभन्दा बढी आप्रवासी बस्दा त्यसै पनि त्यहाँको अवस्था भयावह थियो भने भारी वर्षाका कारण शिविरको अवस्था बस्न नमिल्ने भएको छ । अधिकारवादी संस्थाहरूले त्यहाँको अवस्थामा सुधार गर्ने प्रयास नभए कुनै पनि बेला रोगको सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।
तस्वीरः एपी
तिजुआना, मेक्सिको, १४ मंसिर (एएफपी) । दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल सुरु गर्ने घोषणा गरेका छन् ।
“हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौँ र हामी भोक हड्ताल गर्दैछौँ,” होन्डुरसकी क्लाउडिया मिरान्डाले बताउनुभयो । तिजुआनामा आयोजित पत्रकार सम्मेलनमा उहाँले अमेरिकी अधिकारीहरूले आप्रवासीको रुपमा अमेरिका प्रवेश गर्न र आवेदनसमेत लिन अस्वीकार गरेकामा आक्रोश व्यक्त गर्नुभयो ।
उत्तरी मेक्सिको सहर तिजुआनामा हाल छ हजारभन्दा बढी मध्यअमेरिकी अमेरिका प्रवेशको पर्खाइमा शिविरमा बसिरहेका छन् । खासगरी होन्डुरसका यी मानिस आफ्नो देशमा व्याप्त गरिबी र हिंसाबाट आक्रान्त भएर देश छाड्न बाध्य भएको बताउँछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवास नीतिमै परिवर्तन गर्ने सोचाइमा छन् । उनले मध्यअमेरिकी आप्रवासी आपराधिक पृष्ठभूमिका रहेकाले स्वीकार नगर्ने बताएका छन् । सीमा क्षेत्रमा हाल हजारौं सैनिक परिचालन गरिएको छ । भोक हड्तालमा उत्रने घोषणा गरेका महिलाले मेक्सिकोमा बस्न चाहने आप्रवासीलाई मानवीय आधारमा भिसा दिन पनि मेक्सिकाली अधिकारीसँग आग्रह गरेका छन् । उनीहरूले आफ्नो भोक हडताल कति दिन गर्ने भन्नेबारेमा अझै निर्णय गरेका छैनन् ।
अमेरिकाको दक्षिणी सीमासम्म आइपुग्न करिब चार हजार किलोमिटर यात्रा गरेका होन्डुरसका करिब ५०० आप्रवासीले आइतबार अमेरिकी सीमाभित्र प्रवेश गर्ने प्रयत्न गरेका थिए । तर उनीहरूलाई अमेरिकी सीमा सुरक्षा फौजले फिर्ता पठाएको थियो । सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।
Leave a Reply