तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाण्डौ, १५ मंसिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घको स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा मजदुर भेला भयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीको नीतिअनुसार असङ्गठित तथा अन्यायमा परेका मजदुरबीच गएर पेशागत हितका मुद्दाका साथै समाजवादी आन्दोलन पनि अघि बढाउनुपर्ने बताउनुभयो ।
मजदुर आन्दोलन ट्रेडयुनियनवादबाट जोगिनुपर्नेमा जोड दिनुहुँदै उहाँले सत्तासीन राजनीतिक दलसम्बद्ध मजदुर सङ्गठनहरूले मजदुरलाई समाजवादी आन्दोलनको चेतनाबाट विमुख बनाइरहेको प्रष्ट पार्नुभयो ।
विश्वका मजदुर आन्दोलन र इतिहासबाट सिकेर नेपाली मजदुरहरूले समाजवादी आन्दोलन अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले मजदुर आन्दोलन पेशागत सङ्घर्षमात्र नभई राजनीतिक आन्दोलन पनि हुनुपर्नेमा जोड दिनुभयो ।
विदेशमा श्रम गर्न बाध्य मजदुरमाथिको अन्याय नेपालको सरकारले सम्बोधन गर्न नसकेको बरू नेपाली युवाहरु विदेश पठाएर कमिशन कुम्ल्याउनेमा सरकार लागेको भनुहुँदै पुँजीवादी सरकारले जुनसुकै आवरण लगाए पनि मजदुरको हित गर्न नसक्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेक्रामजदुर सङ्घका केन्द्रीय सदस्य शिवराज दाहाल, धर्मसेन महर्जन, जीतेन्द्र डंगोललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेक्रामजदुरसङ्घ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष रवीन्द्र डंगोलको सभापतित्वमा भएको थियो । भेलाले नेक्रामजदुरसङ्घ काठमाण्डौ जिल्ला समिति पुनःगठन गरी धर्मसेन डंगोलको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको थियो ।
Leave a Reply