भर्खरै :

शरणार्थीलाई स्वदेश फिर्तीको पहल गरिदिन माग

दमक, १७ मंसिर । भुटानी रिकन्सिलेसन कमिटीले भुटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसँग माग गरेको छ ।
कमिटीले सोमबार पूर्वी झापा र मोरङका दुई शिविरमा बस्दै आएका शरणार्थीलाई स्वदेश फिर्ता गरिदिन माग गरेको हो । भुटानी शरणार्थीको स्वदेश फिर्ती मुद्दा भुटानी शरणार्थीको मात्र सम्बन्धित नभएको जनाउँदै विश्वका शरणार्थी समुदाय, विश्वव्यापी मानव अधिकारको घोषणा, आत्मसम्मान र राष्ट्रियतासँग जोडिएको हुँदा त्यसमा गम्भीर भइदिन कमिटीका अध्यक्ष कृष्णवीर तामाङले आग्रह गर्नुभयो ।
अपिलमा सुरक्षित स्वदेश फिर्तीसँगैसँगै उचित क्षतिपूर्ति तथा पुनर्वासको सुविधा, नागरिकताको पुनर्वहाली र समग्र क्षमादान मागलाई जोड्दार उठाइदिन सरकारसँग माग गरिएको उल्लेख छ । अपिलमा तेस्रो मुलुक पुनर्वासपछि शिविरमा बाँकी रहेका शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराए नेपालका लागि नै आत्मघाती हुने उल्लेख गरिएको छ । कमिटीले दातृ संस्थाले दिँदै आएको राहत सामग्री बन्द गर्ने घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिविरमा बसिञ्जेल राहत सामग्री कटौती तथा बन्द नगरिदिन सम्बद्ध दातृसंस्थालाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *