तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दैलेख, १७ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ डुङ्गेश्वर गाउँपालिका समितिको आयोजनामा मंसिर १५ गते गाउ भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसन पार्टी जिल्ला समिति दैलखका सदस्य जगतबहादुर वलीले नेक्राविसङ्घले स्थापनाकालदेखि नै गरिब र निमुखा जनताका न्यायोचित लडाईमा भाग लिंदै आएको कामदार जनताका छोराछोरीको सङ्गठन भएको बताउनुभयो ।
उहाँले हरेक नागरिकले निःशुल्क र अनिवार्य शिक्षा र व्यक्तित्व विकासको लागि समान अवसरका लागि नेक्राविसङ्घ सङ्घर्षरत रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी गाउपालिका समिति डुङ्गेश्वरका सदस्य विन्दुलाल रेग्मीले नेपाली जनतालाई सचेत र सङ्गठित गर्दै जनताको न्यायोचित लडाइँमा विद्यार्थी लाग्नुपर्ने बताउनुभयो ।
भेलामा नेमकिपाका लीलाप्रकाश दाहाल, नेक्राविसङ्घका गंगप्रसाद न्यौपाने, नेक्राविसङ्घ २९ औं दैलेख जिल्ला सम्मेलन तयारी समितिका डिल्लीप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो । भेलाले मुकेश दहालको अध्यक्षतामा १० सदस्यीय नेक्राविसङ्घ गाउँपालिका समिति गठन गरेको छ ।
Leave a Reply