नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १७ मंसिर । ‘अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशिता, समानताको सुनिश्चितता’ र ‘मलाई गणना गर समावेश गर’ भन्ने मूल नाराका साथ २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न भयो ।
अपाङ्गता समन्वय समितिको आयोजनामा सोमबार अपाङ्गता भएका विद्यार्थीको सम्मान तथा प्रतिभा प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई अपाङ्गमैत्री नगरको रुपमा विकास गर्न लागिपरेको बताउनुभयो ।
अपाङ्गता कसैको रहर होइन, अपाङ्गता भएको व्यक्तिले अवसर पाएको खण्डमा जस्तोसुकै चुनौतीको सामना गर्न पनि सक्षम भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय समन्वय समिति गठन गरी अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्रको आधारमा सेवा सुविधा दिने प्रयासमा रहेको र शारीरिकरुपमा अशक्त व्यक्तिहरूलाई समावेश गरी नगरपालिकाले आफ्नो कार्य अगाडि लाने बताउनुभयो ।
विदेशी सहयोगमा चल्ने सरकारी तथा गैरसरकारी संस्थाको सहयोगले स्वतन्त्ररुपले काम गर्न बाधा पुग्ने उल्लेख गर्दै प्रमुख प्रजापतिले सरकारले अपाङ्गता भएका व्यक्तिहरूको लागि निःशुल्क शिक्षा र स्वास्थ्योपचारको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – “राज्यको नारा राम्रो र कर्णप्रियमात्र भएर पुग्दैन । गरिब जनताकेन्द्रित भएर सरकारले नीति–नियमहरू बनाउनु आवश्यक छ ।”
भक्तपुर नपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले अपाङ्गता भएका व्यक्तिहरू शिक्षाबाट वञ्चित हुन नहुने र उनीहरूको हितको निम्ति आवश्यक छलफल र योजनालाई ध्यानमा राखी काम गर्नुपर्र्ने बताउनुभयो । मस्कुलर डिस्ट्रोफी चाइल्ड केयर सोसाइटीका अध्यक्ष हिमालयश्वरलाल मूलले सहयोगको लागि सरकारको मुख ताक्दा असफलतामात्र हात लाग्ने बताउँदै सरकारले काठमाडौंको वीर अस्पतालमा मस्कुलर डिस्ट्रोफी रोग पहिचान हुने मेसिनको आवश्यकता भएको र शारीरिक अशक्त व्यक्तिले सस्तो र सुलभ उपचार पाउनुपर्ने बताउनुभयो ।
समानताको लागि आवाज संस्थाका अध्यक्ष रमा ढकालले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिलाई पनि समावेश गर्नुपर्ने र उनीहरूको व्यक्तित्व विकासको निम्ति सीपमूलक तालिमहरू आवश्यक रहेको बताउनुभयो ।
सी.बी.आर.का पूर्वअध्यक्ष तथा आर.सी.आर.डी. का अध्यक्ष सूर्यभक्त प्रजापतिले अपाङ्गता भएका बालबालिकाको लागि समानतामूलक व्यवहार आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा सुस्त मनस्थिति कल्याणका बालबालिकाहरुले गीत, नृत्य र गजल प्रस्तुत गरेका थिए । उच्च शिक्षा हासिल गरेका अपाङ्गता भएका विद्यार्थीहरूलाई भनपा प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र प्रदान गर्नुभएको थियो
Leave a Reply