भर्खरै :

दैलेखमा गोमा शाहीप्रति श्रद्धाञ्जली

दैलेख, १७ मंसिर । नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी वडा नं. ३ को आयोजनामा मंसिर १६ गते नेपाल मजदुर किसान पार्टी बाँकेका सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका सल्लाहकार गोमा शाहीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नेमकिपाले नेतृत्व गर्दैआएको समाजवादी आन्दोलनमा निडर भएर लाग्नुहुने गोमा शाही निधनले पार्टीलाई भएको क्षति पुगेको र पार्टी कार्यकर्ताले शोकलाई शक्तिमा बदल्नुपर्ने विचार दिनुभयो ।
कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समिति दैलेखका सदस्य नीरकबहादुर शाही, चामुण्डा बिन्द्रासैनी नगर समितिका विष्णु रेग्मी र रविन्द्र सुनारले मृतक शाहीप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *