भर्खरै :

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

मनाङ्लाई पच्छ््याउँदै थ्री स्टार
काठमाडौँ, १९ मङ्सिर  : उपाधि होडमा रहेको थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ ।
आज हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौँ चरणको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित
गरेको हो । सरस्वति क्लबले लिएको शुरुआती अग्रतालाई उल्ट्याउँदै थ्रीस्टारले नजिता आफ्नो पक्षमा पारेको हो । थ्री स्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले एक एक गोल गरे । सरस्वतीका भिक्टरले एक गोल गरे ।
खेलको चौथो मिनेटमै पाएको पेनाल्टीमा भिक्टर आमोबीले गोल गर्दै सरस्वतीलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १७आँै
मिनेटमा थ्री स्टारका रञ्जित धिमालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ३६औँ मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल थ्री स्टारले २–१ जित्यो । जितसँगै थ्री स्टारले लिगमा छ खेलबाट १५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँगको अङ्क दुरी तीनमा झार्न समेत सफल भएको छ । सरस्वती भने सात सात
अङ्कका साथ आठौँ स्थानमा छ ।
आत्मघाती गोेलले च्यासललाई सफलता
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलले दोस्रो जीत निकालेको छ ।
एन्फा मैदान सातदोबाटोमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै च्यासले महत्वपूर्ण तीन अङ्क जोडेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको स्थिति उल्टाएर च्यासलले जीत निकालेको हो । च्यासललाई जीत दिलाउन सन्तोष साहुखलले एक गोल गरे । च्यासलले एक गोल आत्मघाती उपहार पाएको थियो । हिमालयन शेर्पाका त्रिदेभ गुरुङले एक गोल गर्दा निरज बस्नेतले आत्मघाती गोल गरे ।
खेलमा शुरुआती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको १६औँ मिनेटमा त्रिदेभले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा साहुखलले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको ७३औँ मिनेटमा निरजले आत्मघाती गोल गर्दा च्यासल २–१ ले विजयी भयो । सुनिल खड्काले प्रहार गरेको बल निरजलाई लाग्दै गोल भएको थियो । खेलमा सन्तोष ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै च्यासलले छ खेलबाट सात अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा १० अङ्क जोडेर छैटौँ स्थानमा छ ।
मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटाँै जित दर्ता गराएको हो । यस जितसँगै मनाङ छ खेलबाट १८ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ ।
मनाङको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरे । खेलको ६२ औँ मिनेटमा मनाङका अडेलाजालाई डिबक्स एरियामा जाउलाखेलका खेलाडीले लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । त्यही पेनाल्टीलाई सदुपयोग गर्दै मनाङका अन्जनले गोल गरेका थिए ।
खेलमा अन्जन म्यान अफ द म्याच घोषित भए । यता पराजित भएको जाउलाखेल चार अङ्कका साथ लिगको एघारौँ स्थानमा छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *