भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
काठमाडौं, २२ मंसिर । मगर समुदायको कथावस्तुमा आधारित लोक नाटक ‘लिलामे माइलो’ काठमाडौँको कुञ्ज थिएटरमा प्रदर्शन भइरहेको छ ।
मंसिर १४ देखि प्रदर्शन सुरू भएको सो नाटक पुस ७ गतेसम्म थापागाउँ कुञ्ज थिएटरमा मञ्चन भइरहेको हो । नाटक हरेक दिन साँझ ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे मञ्चन हुने आयोजकले जनाएको छ ।
‘लिलामे माइलो’ पारिवारिक नाटक हो र यसमा सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिको स्थानीय रहनसहन, संस्कृति, पर्व, गाउँले जीवन घट्ने घटनालाई कथामा उतारी अभिनयको माध्यमद्वारा नाटकका रूपमा प्रस्तुत गरिएको छ ।
निर्माता राजाराम गौतमका अनुसार मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर कथा तयार गरिएको छ । निर्माता राजाराम गौतम तथा कथा÷निर्देशक प्रभाकर न्यौपाने, कलाकार सलमान खान, निशा पाख्रिन, राजन भुजेल आदि छन् ।
पूर्वी नेपालका आदिवासी जनजातिमध्येको मगर जातिको रीतिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नाका साथै पर्यटकीय क्षेत्र राजारानी ताललाई प्रवद्र्धन गर्न मद्दत पुग्ने निर्माता गौतमको धारणा थियो ।
Leave a Reply