यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
बेइजिङ, २२ मंसिर (एएफपी) । चीनको अमेरिकासँगको व्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ ।
चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्कअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।
“यो वर्षको नोभेम्बरमा चिनियाँ सामानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,” तथ्याङ्कमा भनिएको छ ।
अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै बर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो । चीन–अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भए पनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दाबी छ ।
सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा दुई खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र अघिल्लो वर्षको सोही अवधिमा व्यापार नाफा दुई खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दाबी गरेका छन् ।
Leave a Reply