एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई भनपामा स्वागत
- कार्तिक १०, २०८३
भक्तपुर, २२ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मंसिर २२) को अवसरमा नेक्राविसङ्घ भक्तपुर नपा वडा नं ५ को आयोजना १६ वर्षमुनिका खेलाडीबीच फुटसल प्रतियोगिता शनिबार भयो ।
प्रतियोगिताको उद्घाटन नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले खेलका रेफ्रीलाई बल हस्तान्तरण गरी गर्नुभयो । सो क्रममा अध्यक्ष ख्याजूले नेक्राविसङ्घको इतिहासबारे चर्चा गर्नुभयो ।
उहाँले आजको परिस्थितिमा विद्यार्थीहरू अझ क्रान्तिकारी भावनाका साथ परिवर्तनको लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घ समूह क, ख, ग र घ गरी चार वटा समूहको सहभागिता रहेको कार्यक्रममा समूह ग,ख,घ र कले क्रमशः ६,३,३ र ० अङ्क प्राप्त गरेको छ । फुटसलको फाइनल खेल मंसिर २९ गते हुनेछ ।
कार्यक्रम विमल भोयद्योको सभापतित्वमा भएको थियो । कार्यक्रममा मङ्गलेश्वर ध्वंजू र प्रसन्न दिदियाले पनि बोल्नुभएको थियो ।
Leave a Reply