‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
काठमाडौँ, २३ मङ्सिर : थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ ।
सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । थ्रिस्टारको जितमा रञ्जीत धिमाल नायक बने । उनले खेलको दोस्रो हाफमा दुई गोल गरे । खेलको ५२ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै थ्रिस्टारलाई पहिलो अग्रता दिलाए ।
थ्रिस्टारका सुनिबल बलले डिबक्स एरियाभित्र प्रहार गरेको बललाई जाउलाखेलका खेलाडी कुलदीप कार्कीले ह्यान्ड गरेपछि थ्रिस्टारले पेनाल्टी पाएको थियो । खेलको ६९औँ मिनेटमा थ्रिस्टारका खेलाडी रञ्जन विष्टले एक्लै बल अगाडि लगिरहेको अवस्थामा जाउलाखेलका कुलदीप कार्कीले फाउल गरेपछि थ्रिस्टारले फ्रिकिक पाएको थियो, सोही फ्रिकिकलाई सदुपयोग गर्दै रञ्जीतले थ्रिस्टारका लागि विजयी गोल गरे ।
यता फाउल गरेका कुलदीपले रातो कार्ड खाएपछि जाउलाखेल १० खेलाडीमा सीमित बनेको थियो । थ्रिस्टारले सात खेलमा छ जित र एक हारसँगै १८ अङ्क जोडेको छ । यता पराजित जाउलाखेल चार अङ्कका साथ अङ्क तालिकाको १२औँ स्थानमा छ । जारी लिगमा मनाङ मस्र्याङ्दी क्लब पहिलो तथा सङ्कटा क्बल तेस्रो स्थानमा छ । खेलमा म्यान अफ द म्याच थ्रिस्टारका रञ्जीत धिमाल घोषित भए ।
एपिएफ विजयी
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले सरस्वती युवा क्लबलाई ३–० गोलअन्तरले पराजित ग¥यो । एपिएफका लागि रुपबहादुर लामाले दुई गोल गरे । उनले खेलको १८औँ तथा ८७औँ मिनेटमा युवराज लामाले ४३आँै मिनेटमा तेस्रो गोल गरेका थिए । एपिएफ जितसँगै १० अङ्कसहित लिगको सातौँ स्थानमा छ भने सरस्वती क्लब ६ अङ्कसहित नवौँ स्थानमा छ । (रासस)
Leave a Reply