भर्खरै :

‘ए’ डिभिजन लिग : मनाङको लागातार सातौँ जीत

काठमाडौँ, २४ मङ्सिर  ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजीत गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मनाङ्ले ८४औँ मिनेटमा ओवावाले अफिजको गोलमार्फत अग्रता कामय ग¥यो । भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले जाली चुमेको थियो ।
खेलको ६१आँै मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले लडाएपछि प्राप्त पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल भए । जितसँगै मनाङ सात खेलमा शतप्रतिशत जीत निकाल्दै तालिकामा २१ अङ्क जोडेर शीर्ष स्थानमा यथावत छ । मछिन्द्र भने तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ । यसैबीच आजको खेलसँगै सातौ चरणका खेल सकिएका छन् । आठौँ चरणका खेल यही मङ्सिर २७ गतेदेखि सञ्चालन हुने बताइएको छ ।

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा टङ्क बस्नेत नायक बने । उनले खेलको ६७औँ मिनेटमा टेकबहादुर बुढाथोकीको पासलाई सदुपयोग गर्दै हेडिङमार्फत गोल गरेका थिए ।
खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज समान सात खेलबाट चार अङ्कसहित तालिकाको ११आँै स्थानमा छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *