भर्खरै :

सुर्खेतमा मजदुर समस्याबारे छलफल

सुर्खेत, २४ मंसिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा सोमबार मजदुर समस्याबारे छलफल कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले नेपाली मजदुर आन्दोलनभित्र पुँजीवादी स्वार्थका व्यक्तिहरूको हावी भएको हुँदा मजदुर आन्दोलनले सही दिशा लिन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मजदुर वर्गको आफ्नो सङ्गठन र शक्तिविना न्यूनतम पारिश्रमिक एवम् सामाजिक सुरक्षाकोषजस्ता प्रावधानहरू कागजका खोस्टा सावित हुनेछन् । कम्युनिष्टको नाउँमा मजदुर आन्दोलनभित्र लुकेका अवसरवादीहरूलाई उदाङ्ग्याउनु आवश्यक छ ।’’
एक अर्को प्रसङ्गमा उहाँले चीनले तेस्रो विश्वका राष्ट्रहरूलाई विकास र प्रगतिको वैकल्पिक मार्ग देखाएकोले संरा अमेरिकी साम्राज्यवाद सोभियत सङ्घलाई जस्तै चीनलाई पनि विघटन गर्ने कुनियतका साथ चीनविरूद्ध सामरिक गठबन्धन, व्यापार युद्धजस्ता गलत कार्यमा लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घ सुर्खेत जिल्ला समितिका अध्यक्ष अकलबहादुर राना र सचिव निरकबहादुर शाहीले मजदुर समस्याबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *