भर्खरै :

साना सम्पदा निर्माणले ठूला सम्पदा निर्माणमा टेवा पु¥याउने

भक्तपुर, २४ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा निर्माणमा जनताको उत्साहजनक सहभागिता गराउन उपभोक्ता समितिको आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ मा अवस्थित हनुमानघाट सत्तलसँगैको पाटी पुनःनिर्माण शिलान्यास गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले जनश्रमदान र जनसहभागितामा जोड दिइरहेको बताउनुभयो ।
हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुने बताउनुहुँदै प्रमुख प्रजापतिले स–साना संरचना निर्माणले ठूलो सम्पदा निर्माणमा टेवा पुग्ने बताउनुभयो ।
हनुमानघाटलाई पुरानै स्वरुपमा फर्काउन गुरुयोजना तयार गरिरहेको जानकारी दिनुहुँदै प्रमुख प्रजापतिले खोला सफा बनाउन उपचारपोखरीको डिजाइन निर्माण कार्य पनि अगाडि बढिरहेको बताउनुभयो ।
कुनै पनि सम्पदा संरक्षणमा जनताको भावना नै प्रमुख विषय हुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरलाई पहिलेको भन्दा सफा र सुन्दर नगरको रुपमा विकास गर्नमा नगरपालिकाले जोड दिइरहेको बनाउनुभयो । भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भनपाको सहयोगमा हनुमानघाटको सुधार कार्य अगाडि बढिरहेको बताउनुभयो ।
हनुमानघाट पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द खाइजू, कोषाध्यक्ष बबराज भण्डारी र घनश्याम खड्काले पनि बोल्नुभएको
थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *