ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
काठमाडौँ, २६ मङ्सिर ः ललितपुर प्याट्रियस यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअपमा प्रवेश गरेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा काठमाडौँ किङ्ग्स–११ लाई १० विकेटले पराजित गर्दै ललितपुरले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै प्लेअपमा पुग्न सफल भएको हो ।
काठमाडौँले दिएको ११० रनको लक्ष्य ललितपुरले १० ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा ग¥यो । ललितपुरको जितमा भारतीय ब्याट्सम्यान गौरव तोमार र जय किशन कोल्शावालाले पहिलो विकेटका लागि ११५ रनको शतकीय साझेदारी गरे । तोमारले ८० रन बनाउँदा कोल्शावालाले अविजित २७ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो । काठमाडौँका लागि कप्तान केभिन ओ ब्रोएनले ४२, सिद्धान्त लोहनीले २१ र संसाद शेखले १० रन बनाएका थिए । अन्य ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
ललितपुरका पवन सर्राफले तीन तथा राशिद खान र योगेन्द्रसिंह कार्कीले दुई÷दुई विकेट लिएका छन् । पहिलो खेलमा विराटनगरसँग पराजित भए पनि दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो । ललितपुर अब अन्तिम खेलमा बिहीबार भैरहवासँग खेल्नेछ । काठमाडौँले पहिलो खेलमा चितवनलाई हराएको थियो ।
भैरहवा प्लेअफमा
भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा छ विकेट गुमाएर पुरा ग¥यो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए ।
यस्तै कप्तान शरद भेषावकरले १६, रवी इन्दर सिंहले १२, प्रदीप ऐरीले १० रन बनाए भने रोहित पौडेल सात रनमा नटआउट रहे । विराटनगरका भान डेर मेर्वीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९१ रन मात्र बनाएको थियो ।
विराटनगरका लागि भान डेर मेर्वीले २५, करण केसीले १८, सुमित महर्जनले १५ रन बनाएका थिए भने हरिबहादुर चौहान १३ रनमा नटआउट रहेका थिए । विराटनगरलाई ९१ रनमै समेट्ने क्रममा भैरहवाका लागि मोहमद नाभिदले चार विकेट लिए । यस्तै कृष्ण कार्की र अविनाश बोहोराले दुई/दुई विकेट लिए ।
विराटनगरविरुद्धको जीतसँगै भैरहवाले तीन खेलबाट छ, अङ्क जोड्दै प्लेअफमा स्थान सुरक्षित बनाएको छ । अब भैरहवाले ललितपुर र काठमाडौँसँग खेल्न बाँकी छ । यसअघि पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई पराजित गरेको थियो ।
दुई खेलमा चार अङ्क जोडेको विराटनगर तेस्रो स्थानमा छ । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई पराजित गरेको थियो । सोही मैदानमा आज हुने दोस्रो खेलमा काठमाडौँ किङ्ग्स ११ र ललितपुर प्याट्रियसबीच खेल भइरहेको छ । (रासस)
Leave a Reply